भीआईपीका रुचि/अभिरुचि

सोमबार, ०३ माघ २०७३, ११ : ५७ शुक्रवार , Kathmandu
भीआईपीका रुचि/अभिरुचि

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
–    खेलमा मोदीको अभिरुचि भए पनि उनी मैदानमै चाहिँ उत्रिँदैनन् । उनलाई सबैभन्दा मन पर्ने खेल क्रिकेट हो ।
–    गुजराती मूलका भारतीय मोदीको मन पर्ने परिकार पनि गुजराती नै छन् । गुजराती रोटी भाकरी र खिचडी उनी बढी रुचाउँछन् ।
–    मोदी शाकाहारी हुन् । मासु पाकेको भान्छामा बनेको खाना पनि खानु नपरोस् भन्ने कामना गर्छन् ।
–    मोदी व्रत पनि बस्ने गर्छन् । कट्टरपन्थी हिन्दूको छवि बनाएका उनी दशैँको नवरात्रीमा नौ दिनसम्म अन्न खाँदैनन् । त्यतिबेला उनी फलफूल र जुस मात्रै खाने गर्छन् ।
–    मोदीको मन पर्ने रङ गेरु हो । यो रङको पहिरन हिन्दू सन्न्यासीले लगाउने गर्छन् र हिन्दू धर्ममा यसको विशेष महŒव छ ।
–    मोदी बेलाबेलामा किताब पनि पढ्ने गर्छन् । तर, किताबका ठूला अम्मली चाहिँ होइनन् । हिन्दु धर्मशास्त्रसम्बन्धी किताब उनी बढी रुचाउँछन् । उनलाई सबैभन्दा मन परेका किताब भगवत् गीता र रामायण हुन् ।
–    गाई र कुकुर मोदीलाई बढी मन पर्ने घरपालुवा जनावर हुन् ।
–    अंक आठलाई उनी लक्की नम्बर मान्छन् ।
–    फिल्ममा मोदीको सामान्य रुचि छ । अमिताभ बच्चन र हेमा मालिनी उनका प्रिय कलाकार हुन् ।
–    ‘शोले’, ‘अन्दाज’ र ‘सीता और गीता’ मोदीले सर्वाधिक मन पराएका हिन्दी फिल्म हुन् ।
–    फोटो खिच्नु र कविता लेख्नु उनका सोख हुन् ।
–    उनी सामाजिक सञ्जालमा सक्रिय हुन रुचाउँछन् ।
–    उनी दिनहुँ योग गर्छन् ।
–    कपालको हेरचाहमा मोदी विशेष ध्यान दिन्छन् । उनको गोजीमा सधैँ सानो काइँयो हुन्छ ।

Leave A Comment