मोबाइल छिटो चार्ज गर्न यसो गर्नुस्

आइतबार, ०२ माघ २०७३, ०२ : ०३ शुक्रवार , Kathmandu
मोबाइल छिटो चार्ज गर्न यसो गर्नुस्

मोबाइल चलाउन निकै आवश्यक परेको बेला फोनको ब्याट्री चार्ज हुन घण्टौँ लाग्ने समस्या आउँदा धेरै छटपटी हुन्छ । जुन हामी सबैले भोगेकै कुरा हो । तर, यसको समाधानका लागि कुनै जादुमय तरिका छैन । यद्यपि, केही काइदा छन् जसले ब्याट्रीलाई राम्रो ढंगबाट चार्ज गर्नका लागि लाग्ने समयलाई केही कम गर्न सहयोग गर्छन् ।
फ्लाइट मोडमा राख्नुस्
यो एउटा निकै साधारण तरिका हो जसले तपाईंको फोन तीव्र गतिमा चार्ज भइरहन्छ । यसो गर्दा लगभग मोबाइल अफ गरेर चार्ज गरे सरह नै तीव्र रूपमा चार्ज हुन्छ । जब तपाईंले फोनलाई फ्लाइट मोडमा राख्नुहुन्छ यसको कल गर्ने, इन्टरनेट ब्राउजिङ तथा जीपीएसजस्ता फिचरले काम गर्दैनन् । तर, फोनको चार्ज तीव्र गतिमा हुन्छ र अलार्म पनि चालू हालतमै रहेको हुन्छ ।
स्विचअफ गर्नुस्
जब तपाईं मोबाइलको स्विच अफ गरेर चार्ज गर्नुहुन्छ तब मोबाइलको ब्याट्री छिटो चार्ज हुन्छ ।
यूएसबी पोर्टबाट चार्ज नगर्नुस्
मोबाइल फोनलाई यूएसबी पोर्टको साटो मोबाइल चार्जरबाट सीधै बिजुलीमा जोडेर चार्ज गर्दा छिटो चार्ज हुन्छ ।
उचित तापक्रममा राख्नुुस्
धेरै तापक्रमले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गरिदिन्छ । फोन तात्नाले ब्याट्रीको क्षमतामा कमी आउँछ । त्यसैले घाममा राखेर फोन चार्ज नगर्नुहोस् ।
आधिकारिक चार्जरको प्रयोग गर्नुस्
चार्जर उस्तै देखिए पनि एउटै हुँदैनन् । सस्तो खालका कमसल चार्जरको प्रयोगले फोन खराब बनाउँछ । त्यसैले सधैँ ब्रान्डेड तथा आधिकारिक चार्जको प्रयोग गर्नुहोस् । यसले फोन छिटो चार्ज हुनुका साथै सुरक्षित पनि हुन्छ ।

 

Leave A Comment