‘ज्याक’ मै दंग

आइतबार, ०२ माघ २०७३, ११ : ५० शुक्रवार , Kathmandu
‘ज्याक’ मै दंग

निर्देशक निश्चल बस्नेतका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ– उनलाई ‘स्क्रिन अब्सेसन’ छ । कुनै न कुनै बहानामा फिल्ममा देखिन बल गरिहाल्ने  । त्यसैले उनलाई विभिन्न फिल्ममा केमियो गर्दै गरेको देख्न सकिन्छ । निश्चलले हालै पनि माला लिम्बूसँग फिल्म ‘पर्व’ मा आइटम डान्स गरेका छन् ।  त्यसो त ‘पर्व’मा निश्चलको भूमिका यतिमा मात्र सीमित छैन । आइटम गरेको गीतमा आवाज पनि उनैले दिएका छन् ।  उता उनकै निर्देशन रहेको ‘लुट २’ को ‘ठमेल बजार’बोलको गीतमा पनि निश्चलले आफूलाई छुटाएका छैनन् । यसअघि पनि उनलाई ‘टलक जंग भर्सेस टुल्के’, ‘झुम्की’, ‘कबड्डी कबड्डी’ मा छोटा रोलमा देखिएको थियो । निश्चलले यसरी आफूलाई गीत, संगीत, स्वर, निर्माण, निर्देशन, अभिनय आदि विधामा प्रस्तुत गर्दै आएका छन् । तर, निश्चलको मुख्य विधा निर्देशनमा भने अझै उनले आफूलाई प्रमाणित गर्न बाँकी छ । ‘लुट’ चले पनि  दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ औसत रहेको थियो । अंग्रेजीमा यसरी चारैतिर हात हाल्ने मानिसलाई ‘ज्याक अफ अल ट्रेड्स, मास्टर अफ नन’ भनिन्छ । अर्थात्, अलि अलि सबै जानेको तर दक्षता केहीमा पनि नभएको । कतै निश्चल पनि मास्टर बन्न छाडेर ज्याक बन्न पाएकोमा दंग पर्न थालेका त होइनन् ?  

 

Leave A Comment