कलाकारितामा कोपिला

शनिबार, ०१ माघ २०७३, १२ : १५ शुक्रवार , Kathmandu
कलाकारितामा कोपिला

सुनसरीको दुहवीकी कोपिला मिश्र कलाकारितामा सुगन्ध भर्दै फुल्ने प्रयासमा छिन् । हास्यकलामा रुचि राख्ने कोपिलाले ‘हर्के हवलदार’, ‘तितो सत्य’ लगायत हास्य सिरियलमा अभिनय गरेकी छिन् । मुम्बईको द एक्टिभ स्टुडियोबाट आफूले तालिम लिएको कोपिलाले बताइन् । हास्यकलालाई प्रवद्र्धन उनले पूर्वमा हास्यव्यंग्य प्रतियोगितासमेत आयोजना गर्ने गरेकी छिन् ।
कोपिलाकै सक्रियतामा माघ १ गते इटहरीमा रानी मिडिया एन्ड इन्टरटेनमेन्टले नृत्य, हास्य, बाल प्रतिभाका प्रतिस्पर्धा तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

Leave A Comment