द बर्गर हाउसमा क्रन्ची चिकेन

शनिबार, ०१ माघ २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
द बर्गर हाउसमा क्रन्ची चिकेन

काठमाडौँ, नयाँ बानेश्वरबाट शंखमूल जाँदै गर्दा आइकालु मिट सपको अपोजिटमा छ– द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुरेन्ट । यो रेस्टुरेन्ट अन्डरग्राउन्डमा छ । पार्किङका लागि भनेर छुट्याइएको स्पेसलाई आकर्षक ढंगले इन्टेरियर डिजाइन गरेर रेस्टुरेन्ट सञ्चालन गरिएको छ । बाहिरको हल्ला भित्र नजाने र सडक किनारमा जोडिए पनि शान्त हुने भएकाले यहाँ आउने ग्राहकले खानाको स्वादसँगै केही बेर आराम पनि महसुस गर्न सक्छन् ।
दोलखाका वसन्त लामा र उनका साथीहरू मिलेर खोलेको यो रेस्टुरेन्टका परिकार निकै स्वदिला छन् । स्थानीयलाई लक्ष्य गरेर खोलिएको रेस्टुरेन्टका नियमित ग्राहक बानेश्वर, शंखमूल र यो क्षेत्र भएर हिँड्नेहरू छन् । ‘केही फरक स्वादका परिकार पस्कने उद्देश्यले रेस्टुरेन्ट खोलेका हौँ,’ लामाले भने, ‘हामी इन्डियन, चाइनिज, कन्टिनेन्टललगायत विभिन्न परिकार पस्किरहेका छौँ ।’
नाम नै बर्गर हाउस भएकाले विभिन्न प्रकारका बर्गरमा फोकस गरिएको  सञ्चालक लामाले बताए । ‘ग्राहकहरूले निकै रुचाएको परिकार बर्गर नै हो । यसबाहेक क्रन्ची फ्राइड चिकेन, म्याजिक एन्ड पास्ता, स्टिक फुड, स्यान्डविच, पिज्जा पनि ग्राहकले रुचाउँछन्,’ उनले भने । १० वर्षदेखि रेस्टुरेन्टमा लागेका लामा आफैँ खाना बनाउनेदेखि ग्राहकलाई सर्भ गर्ने काममा खटिरहेका हुन्छन् । स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरण रेस्टुरेन्टका लागि अत्यावश्यक भएकाले हामीले यी कुरामा ध्यान दिएका छौँ । खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्दैनौँ,’ लामाले भने ।
बर्गर हाउसको मेनु पनि रिजनेबल छ । स्थानीयलाई लक्ष्य गरी सबैले धान्न सक्ने गरी खानाको मूल्य राखिएको लामाको भनाइ छ । रेस्टुरेन्टमा होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था छ । पर्याप्त पार्किङ व्यवस्था रहेको बर्गर हाउसमा खानाको स्वाद लिन आउने बढ्दै गएको सञ्चालक लामा बताउँछन् ।

 

Leave A Comment