चिन्तित कोल

शनिबार, ०१ माघ २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
चिन्तित कोल

अमेरिकी मोडल तथा रियालिटी टीभी सो स्टार कोल कार्दसियन हिजोआज खूब चिन्तामा छिन् । पूर्वपति लेमार ओडोमका कारण उनी चिन्तित भएकी हुन् ।
बढी मदिरा सेवन गर्ने लेमारको बानीले गर्दा कोल र उनीबीच सम्बन्ध विच्छेद भएको थियो । लामो प्रयासपछि उनी पुनः स्वस्थ भएका थिए । हालसालै लेमारले आफूले रक्सी सेवन गर्ने क्रमलाई किन बढाएँ र पछि गएर कसरी स्वस्थ भएँ भन्नेबारे डकुमेन्ट्रीको शृंखला बनाउने विषयमा सम्झौता गरे । यही सम्झौताका कारण कोल चिन्तित भएकी हुन् । डकुमेन्ट्रीमा लेमारले आफू र आफ्नोबारे जथाभावी भन्न सक्ने सोचेर उनी अहिले चिन्तामा डुबेकी छिन् ।

 

Leave A Comment