पेटमा डेढ सय गड्यौला

शनिबार, ०१ माघ २०७३, ११ : ३० शुक्रवार , Kathmandu
पेटमा डेढ सय गड्यौला

भारतीय राज्य उत्तरप्रदेशको जनमद चन्दौली अस्पतालका चिकित्सकहरू गत साता चकित परे । किनकि, पेट दुख्यो भन्दै अस्पताल आएकी महिलाको पेटको शल्यक्रिया गर्दा पेटभित्र डेढ सय गड्यौला फेला परेका थिए । पेटका सबै गड्यौला निकालेपछि महिला स्वस्थ भइन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।
उत्तर प्रदेशको मगलसराय जिल्लानिवासी नेहा बेगमको पेटमा यति धेरै गड्यौला फेला परेको हो । पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको पेटको अल्ट्रासाउन्ड गर्दा पेटमा धेरै वटा जीव रहेको देखिएको थियो । त्यसपछि शल्यक्रिया गर्दा यति धेरै गड्यौला उनको पेटबाट निकालिएको हो ।
‘उनले खाएका सागसब्जीमा गड्यौलाका अण्डा थिए होलान् र सागसब्जी खाँदा ती पेटभित्र पसे होलान् र भित्रै कोरलिए होलान् । यो केस हाम्रा लागि पनि अनौठो भयो,’ अस्पतालका प्रबन्धक डा. आनन्दप्रकाश तिवारीले भने ।

Leave A Comment