करनको कार्यक्रममा करिना

शुक्रबार, २९ पुष २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
करनको कार्यक्रममा करिना

छोरा तैमुर खानलाई जन्म दिएपछि करिना कपुर पहिलो पटक घरबाहिरको संसारमा देखापरेकी छिन् । सुत्केरी भएको केही महिनासम्म घरमै रहने प्रचलन रहेकाले थप केही समयसम्म करिनालाई सार्वजनिक कार्यक्रममा देख्न नपाइने अनुमान उनका फ्यानले गरेका थिए । तर, यसलाई गलत साबित गर्दै करिना बलिउड निर्देशक करन जौहरको टीभी सो ‘कफी विद करन’मा देखापरेकी छिन् ।
हालसालै सार्वजनिक भएको ‘कफी विद करन’को आगामी अंकको प्रोमोमा करिनालाई करन सोध्छन्, ‘दीपिका र कट्रिनासँग एउटै लिफ्टमा फस्नुभयो भने के गर्नुहुन्छ ?’ जवाफमा उनी भन्छिन्, ‘अहिलेको सुत्केरी अवस्थामा लिफ्टमा फस्नेबारे सोच्न पनि सक्दिनँ । यदि त्यस्तो अवस्था आइहालेछ भने सायद आत्महत्या गर्छु ।’

 

Leave A Comment