वसन्तीको ‘चोली फाट्यो’

शुक्रबार, २९ पुष २०७३, ११ : ११ शुक्रवार , Kathmandu
वसन्तीको ‘चोली फाट्यो’

वसन्ती लालचनको नयाँ गीत सार्वजनिक भएको छ । ‘क्या राम्रो’, ‘कहाँबाट आयौ’, ‘घान्द्रुककी ठिटी म’ लगायत गीत रचना गरेकी उनले ‘चोली फाट्यो’ गीत बजारमा ल्याएकी हुन् । एसटू प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरज श्रेष्ठले गरेका हुन् । सुभाष राईले नृत्य निर्देशन गरेका छन् । अजुदा थापाको स्वर रहेको ‘चोली फाट्यो’ गीतमा सुनिल थापाको संगीत छ । ‘मिस गण्डकी सिजन ३’ की विजेता ज्योति राई र निक्की खड्कीले भिडियोमा अभिनय गरेका छन् । अंग्रेजी नयाँको अवसरमा युट्युबमार्फत गीत रिलिज भएको वसन्तीले बताइन् ।

Leave A Comment