कंगनाको भव्य एक्सन

बिहिबार, २८ पुष २०७३, ११ : २८ शुक्रवार , Kathmandu
कंगनाको भव्य एक्सन

बलिउड अभिनेत्री कंगना रनोटले पुनः एक्सन अवतार लिएकी छिन् । यसअघि उनले ‘रिभल्वर रानी’, ‘क्रिश’ लगायत फिल्ममा एक्सन भूमिका निर्वाह गरेकी थिइन् । यसपालि उनले फिल्म ‘रंगुन’मा त्यस्तै खालको बोल्ड भूमिकामा आफूलाई उतारेकी छिन् ।
‘रंगुन’को ट्रेलर हालसालै रिलिज भएको छ । विशाल भारद्वाजले निर्माण गरेको ‘रंगुन’ युद्धको पृष्ठभूमिमा निर्माण गरिएको छ ।
फिल्मको पटकथा दोस्रो विश्वयुद्धसँग सम्बन्धित छ । फिल्ममा सैफ अली खान, शाहिद कपुर र कंगनाको मुख्य भूमिका छ । भारतको हरूणाचल प्रदेश र मणिपुरमा छायांकन गरिएको फिल्ममा कंगनाको एक्सन भव्य रहेको फिल्म निर्माण युनिटले जनाएको छ ।

Leave A Comment