ज्योति भइन् ‘मिस गण्डकी’

बिहिबार, २८ पुष २०७३, ११ : १४ शुक्रवार , Kathmandu
ज्योति भइन् ‘मिस गण्डकी’

‘मिस गण्डकी’ को तेस्रो संस्करणको उपाधि पोखरा रानीपौवाकी १८ वर्षीया ज्योति राईले जितेकी छिन् । ताजसँगै उनले स्कुटर पुरस्कार पाइन् । ज्योतिले ‘बेस्ट स्माइल’ को टाइटलसमेत हात पारेकी छिन् । प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप हुनुका साथै उनले ‘मोस्ट इन्टेलिजेन्ट’ र ‘मोस्ट पपुलर’ को सबटाइटल पनि जितिन् । सेकेन्ड रनरअपका साथै ‘बेस्ट कम्प्लेक्सन’ को सबटाइटल सृष्टि आचार्यले पाइन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः ५० र २५ हजार बराबरको पुरस्कार पाए । थर्ड रनरअप भएकी सपना अधिकारीलाई स्पेसल गिफ्ट ह्याम्पर दिइयो । रियल इभेन्ट म्यानेजमेन्ट र एसटी क्रिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो ।

 

Leave A Comment