गफाडी निशा

बिहिबार, २८ पुष २०७३, १० : ५७ शुक्रवार , Kathmandu
गफाडी निशा

अभिनेत्री निशा अधिकारीले ‘झयाइँकुटी’ शीर्षकको फिल्म बनाउने समाचार आयो, सौगात मल्ल र बेनिशा हमाललाई लिएर । निर्देशक तोकिए, सिमोस सुनुवार । तर, पछि थाहा भयो– सौगातलाई निशाले आफूलाई फिल्म खेलाउन लागेको थाहै रहेनछ । निशाको झुटको पोल खुल्यो ‘लुट २’को टे«लर लन्च कार्यक्रममा । जब पत्रकारले ‘निशाको फिल्म खेल्न लाग्नुभएछ’ भन्दै सौगातलाई बधाई दिए । तर, भर्खरै गोरखामा फिल्मको सुटिङ सकाएर राजधानी झरेका सौगातले फिल्म गर्नु त परको कुरा, नामै सुनेका रहेनछन् । सौगातलाई खोज्दै सोही कार्यक्रममा आइपुगेकी निशाकै अघि पत्रकारलाई सौगातले सत्य बताइदिए । सो बेला निशाको अनुहार हेर्नलायक थियो । पत्रकारसँग सधैँ लफडामा पर्ने निशालाई पत्रकारकै अघि आफ्नो पोल खुल्दा अप्ठ्यारो लाग्नु स्वाभाविकै हो ।  पत्रकारले पनि अब गर्ने नै के हो ?  यत्ति हो कि अर्को पटक निशाको समाचार आउँदा गफ हो कि साँचो हो ...खुट्याएर मात्र समाचार लेख्छन्, हैन त निशाजी ?

 

Leave A Comment