डिफर नेपाली बजारमा

बिहिबार, २८ पुष २०७३, १० : ५२ शुक्रवार , Kathmandu
डिफर नेपाली बजारमा

बहुराष्ट्रिय कम्पनी ड्रिम्याक्सले नेपालमा बेबी हाइजिनलाई लक्ष्य गरेर डिफर ल्याएको छ । विश्वका ३२ भन्दा धेरै देशमा आफ्ना उत्पादन औषधि, कन्जुमर आइटम, बेबी हाइजिनजस्ता उत्पादन निर्यात गर्दै आएको कम्पनीले नेपाली बजारमा पहिलो पटक नयाँ प्रविधिबाट निर्मित डिफर बिक्री सुरु गरेको हो । एन्टी रुस प्रविधिबाट निर्माण गरिएको डिफरमा एक सय–दुई सय एमएलभन्दा बढी तरल पदार्थ सोस्न सक्ने शक्ति रहेको छ । यो अन्य उत्पादन भन्दा स्क्रिन फ्रेन्ड्ली रहेको कम्पनीका महाप्रबन्धक आदित्य कस्यपले बताए ।

 

Leave A Comment