जिद्दी श्रीमान्

बुधबार, २७ पुष २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
जिद्दी श्रीमान्

जापानका एक व्यक्ति यति जिद्दी छन् कि उनी श्रीमतीसँग नबोलेको २० वर्ष भइसक्यो । साथीभाइ र आफन्तले श्रीमान्–श्रीमतीबीच कुरा मिलाउन धेरै पटक प्रयास गरे । अझै पनि प्रयास गरिरहेका छन् । तर, श्रीमान् भन्छन्, ‘अब विगतमा कसै गरी पनि फर्किन सकिँदैन । जे भयो, भयो ।’
ओचु नाम गरेका ती व्यक्ति घरमा आफ्ना तीन जना सन्तानसँग राम्रैसँग कुराकानी गर्छन् ।  तर, श्रीमती कातायामा युमीसँग एक शब्द पनि नबोलेको २० वर्ष भयो ।
श्रीमती भने उनलाई बेलाबेलामा बोलाउने गर्छिन् । जवाफमा उनी टाउको हल्लाउँछन्, तर बोल्दैनन् ।
‘त्यतिखेर हाम्रा छोराछोरी सानै थिए । श्रीमतीले छोराछोरीलाई मात्रै माया गर्थिन्, मलाई चाहिँ वास्तै गर्दिन थिइन् । यसले गर्दा मेरो मन भाँच्चियो र बोल्न छोडिदिएँ,’ ओचु भन्छन् ।

 

Leave A Comment