आगो लागेपछि इनार

बुधबार, २७ पुष २०७३, १० : ३४ शुक्रवार , Kathmandu
आगो लागेपछि इनार

अभिनेता आर्यन सिग्देलले हालसालै आफ्नो ब्यानरभन्दा बाहिरका फिल्म नगर्ने घोषणा गरेका छन् । अभिनय गरेका फिल्म प्वाल परेको डुंगा पानीमा बिनाआवाज डुबेझैँ आर्यनका फिल्म पनि लगालग डुब्न थालेपछि उनले यस्तो घोषणा गरेको कसैबाट छिपेको छैन ।   
आर्यनले पछिल्लो समय पैसा कमाउने चक्करमा जुन–जुन फिल्म खेले, तिनै फिल्मले आर्यनलाई डुबाए । त्यसबाट निस्कन उनले दुई–दुई वटा फिल्ममा लगानी पनि गरे । तर, दुवै फिल्मले आर्यनको डुब्न लागेको डुंगा बचाउन सकेनन् । निकै आश गरेको ‘क्लासिक’ पनि डुबेपछि आर्यनले उत्रने उपाय निकाले– अरूका ब्यानरका फिल्म नखेल्ने, आफ्नै ब्यानरमा फिल्म बनाउने । तर, यस्तो लाग्छ, उनका पकेटका निर्देशक दिनेश राउतबाहेक अरूको आर्यनमाथि भरोसा टुटिसकेको छ ।  त्यसैले अरू कुनै निर्माताले आर्यनको ब्यानरसँग मिलेर काम गर्न खोजेको खबर बाहिरिएको छैन । बजारमा माग घट्दै गएको बेला उनले पराई ब्यानरका फिल्म नखेल्ने गरेको निर्णय आगो लागेपछि इनार खनेजस्तै भएको हो कि ?

 

Leave A Comment