कुकुरको अपहरण

बुधबार, २७ पुष २०७३, १० : १५ शुक्रवार , Kathmandu
कुकुरको अपहरण

मानिसलाई अपहरण गरेर फिरौती माग्ने गरिएको सुन्ने गरिन्छ । तर, आयरल्यान्डका केही अपराधीले एउटा कुकुर अपहरण गरेर कुकुरधनीसँग १६ लाख रुपैयाँ फिरौती मागेका छन् ।
आयरल्यान्डनिवासी जोय ब्रोचेरट नाम गरेका व्यक्तिको घरमा पालेको कुकुर डिसेम्बर ७ मा हराएको थियो । चारैतिर खोज्दा पनि कुकुर फेला नपरेपछि जोयले कुकुर फेला पर्नेलाई करिब पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे । यसो गर्दा पनि कुकुर फेला परेन ।
अन्त्यमा अपराधीको एउटा समूहले उनलाई फोन गरेर कुकुर आफूहरूले अपहरण गरेको र १६ लाख रुपैयाँ फिरौती लिएर मात्रै कुकुर छोड्ने बताएका थिए । तर, आफूसँग त्यति धेरै रकम नभएको जानकारी उनले अपहरणकारीलाई दिएका छन् । अपहरणकारीले भने मानेका छैनन् । अझैसम्म उनको कुकुर उनीहरूकै कब्जामा छ ।

 

Leave A Comment