दोब्बर खुशी दीपिका

बुधबार, २७ पुष २०७३, १० : १० शुक्रवार , Kathmandu
दोब्बर खुशी दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण हिजोआज मख्ख छिन् । मख्ख हुनुको कारण हो– उनले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स’ जनवरी १४ मा रिलिज हुँदैछ । तर, रिलिज हुने दिन फिल्म निर्माण युनिटले अर्को संयोग जुराइदिएपछि उनको खुशी दोब्बर भएको छ ।
फिल्म निर्माण युनिटले ‘ट्रिपल एक्स’ सबैभन्दा पहिले भारतमा रिलिज गर्ने जनाएको छ । यसबाट खुशी हुँदै दीपिकाले ट्वीट गरेकी छिन्, ‘ट्रिपल एक्स सबैभन्दा पहिले भारतमा रिलिज हुने घोषणा गर्न पाउँदा म ज्यादै खुशी छु । संसारमा अन्यत्र कहीँ रिलिज नभएका बेला यो फिल्म भारतमा रिलिज हुनेछ ।’ भारतीय अभिनेत्रीले अभिनय गरेको फिल्म भारतमै रिलिज गरिए भारतमा यसको व्यापार राम्रो हुने अपेक्षा गरेर फिल्म निर्माण युनिटले यस्तो निर्णय लिएको बताइन्छ ।

Leave A Comment