जो ६४ वर्षमा आमा बनिन्

बुधबार, २७ पुष २०७३, १० : ०३ शुक्रवार , Kathmandu
जो ६४ वर्षमा आमा बनिन्

५० वर्ष नाघेपछि महिला गर्भवती हुन सक्दिनन् भन्ने आम मान्यता छ । प्रजनन क्षमता बढी भएका महिलाले पनि ६० वर्षको भइनसक्दै सन्तान जन्माउने क्षमता गुमाइसकेका हुन्छन् । तर, चीनकी एक महिलाले ६४ वर्षको उमेरमा सन्तानलाई जन्म दिएर सबैलाई चकित पारेकी छिन् । चीनको जिलन प्रान्तकी ती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।  बच्चाको वजन ३ दशमलव ७ केजी छ ।
जिलन प्रान्तको एउटा अस्पतालमा शल्यक्रियामार्फत उनले शिशुलाई जन्म दिएकी हुन् ।
‘ढल्कँदो उमेर भएकाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिँदा उनले अनेक खालका जोखिम सामना गर्नुपरेको थियो । तर, उनले आत्मविश्वास गुमाइनन् र हामीले पनि सक्दो मेहनत ग¥यौँ । फलतः उनी आमा बनिन्,’ डाक्टर तेङ हङले भने ।

Leave A Comment