‘खाना बोक्दाबोक्दै गायिका भएँ’

सोमबार, २५ पुष २०७३, १० : ५८ शुक्रवार , Kathmandu
‘खाना बोक्दाबोक्दै गायिका भएँ’

मीरा गिरी, लोकगायिका

अहिलेसम्म कति वटा गीत गाउनुभयो ?    
फुटकर र आफ्नो एल्बममा गरेर २०/२२ वटा गीत गाएको छु । केही समयअघि ‘खरबारीमा’ एल्बम निकालेँ ।  
अहिले त एल्बममा गरेको लगानी फिर्ता हुँदैन भन्छन् नि ?
यो साँचो हो । तर, गायनमा नै भविष्य बनाउँछु भनेर आएपछि प्रोफाइलका लागि पनि एल्बम निकाल्नु नै पर्छ । एल्बम निकाल्ने धोको थियो, त्यो पूरा भएको छ । आफ्नै लगानीमा एल्बम निकालेकी हुँ । केही पाउनका लागि केही गुमाउनुपर्छ भनेजस्तै एल्बम पाउन लगानी गुमाएँ ।
गायन क्षेत्रमा कसरी आइयो ?
सानैदेखि गीत गुनगुनाउन, गीत गाउन मन पथ्र्यो । मेरो घर उदयपुर हो । त्यहाँ रोदी बस्ने, मेला नाच्नेजस्ता गीतसंगीतका कार्यक्रम हुँदैनथे । काठमाडौँ आएर एक दोहोरी साँझमा वेटरको काम गर्थें । त्यहाँ अरूले गाउँदा मलाई पनि रहर लाग्थ्यो, अभ्यास गर्थें । पछि साथीहरूले पनि हौसला र साथ दिनुभयो । म गायनमा आएँ । दोहोरी साँझमा गायकगायिकालाई खाना बोक्दाबोक्दै गायिका भएँ ।
लोकगीतबारे के भन्नुहुन्छ ?
लोकगीत हाम्रो आफ्नै परिवेश र माटोको गीत भएकाले सिक्नै पर्छ । नसिकी गाउनै सकिँदैन भन्ने पनि होइन । तर, सिकेर ज्ञानसहित गाएको राम्रो हो ।
तपार्इंको सपना ?
गीतसंगीतमा रमेर बाँच्न पाऊँ । भोलिको पुस्ताले सम्झिन सक्ने गीत गाउन पाऊँ ।
संगीत तपाईंका लागि के हो ?
संगीतबिना बाँच्नै सक्दिनँ ।
प्रस्तुतिः राधिका

 

Leave A Comment