स्मार्टफोनका लागि दुःखद वर्ष

सोमबार, २५ पुष २०७३, १० : २७ शुक्रवार , Kathmandu
स्मार्टफोनका लागि दुःखद वर्ष

स्मार्टफोनको दुनियाँमा एप्पलको जादु सन् २०१६ मा केही घटेको देखियो । सन् २००७ मा आइफोन लन्च भएपछि एप्पलले स्मार्टफोनको दुनियाँमा यस्तो जादु गरेको थियो कि, मानिस एप्पलका प्रडक्टका लागि रातभर लाइनमा उभिएर पर्खन्थे ।
तर, स्मार्टफोनको दुनियाँका लागि सन् २०१६ स्मरणीय बन्यो भने सामसुङको ग्यालेक्सी नोट सेभेनको ब्याट्रीको समस्या कारण बन्यो, जसले विश्वभर एक नयाँ समस्या खडा गरिदियो ।
सामसुङको ग्यालेक्सी नोट सेभेनलाई विश्वभरि ठूलो धुमधामसँग लन्च गरिएको थियो । तर, खराब ब्याट्रीका कारण ती स्मार्टफोन एकपछि अर्को गर्दै पड्किन थाले । त्यसपछि मानिसहरूको स्मार्टफोन फिर्ता गर्ने सिलसिला सुरु भयो । धेरै दिनसम्म फोन पड्किने समाचारले सामसुङको विज्ञापन बजारको हावा खुस्काइदियो । स्थिति यतिसम्म बिग्रियो कि, कैयौँ देशले हवाइजहाजमा ग्यालेक्सी नोट सेभेन प्रतिबन्धितसमेत ग¥यो ।
कैयन दिनसम्म यस्ता खबर आएपछि सामसुङले उपभोक्ताहरूले आफूले खरिद गरेका स्मार्टफोन कम्पनीमा फिर्ता गर्नसक्ने फैसला ग¥यो । सामसुङका अनुसार अमेरिकी बजारमा ९० प्रतिशतभन्दा धेरै उपभोक्ताले ग्यालेक्सी नोट सेभेन फिर्ता गरे । तर, अन्य देशमा केही मानिससँग अझै पनि नोट सेभेन रहेको बताइन्छ ।
साल २०१६ मा सोनी कम्पनीले एक्सपेरिया एक्स जेड लन्च गरेको थियो । जसको बनावट निकै उत्कृष्ट थियो तर त्यसका फिचर भने खासै थिएनन् । त्यसमा निकै उत्कृष्ट गुणस्तरको मुख्य क्यामेरा लगाइएको थियो, जुन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन प्रविधिले युक्त थियो र क्यामरामा सेन्सर इमेजिङसमेत लगाइएको थियो ।
तर, यति हुँदाहुँदै पनि यो फोन फ्लप साबित भयो । यसको केवल एउटा मात्र कारण थियो, फोनको मूल्य आवश्यकताभन्दा बढी राखिएको थियो  अर्थात् यो आम ग्राहकको पहुँचभन्दा निकै टाढा थियो र मूल्यको हिसाबले फिचर पनि खासै थिएनन् ।
आवश्यकताभन्दा बढी मूल्य राखेकाले नै धेरै फोनहरू फ्लप साबित हुन्छन् । सोनीको एक्सपेरिया एक्स जेडले पनि सोही नियति भोग्यो । सन् २०१६ मा जेड सिरिजको फोनपछि एक्स सिरिजको फोनतर्फ ध्यान दिने सोनी एक्सपेरियाको प्रयास थियो । सोहीअनुरूप उसले एक्सपेरिया एक्स लन्च ग¥यो । जुन स्नेपड्रागन एसओसीमा काम गथ्र्यो । त्यसमा २३ मेगापिक्सेलको क्यामरा थियो । अन्य फिचरको मामिलामा पनि फोन विशेष थियो । तर, पनि यसको बिक्री सोचेअनुरूप भएन । महँगो मूल्य तिरेर मानिसहरू यसलाई किन्न तयार भएनन् र यो पनि फ्लप भयो ।
गुगल पिक्सेल फोन लन्च भएको खबर सुनेर अन्य कम्पनीलाई चिन्ताले सताउन थालेको थियो । तर, यो फोन पनि फ्लप भयो । जसको एउटै कारण थियो, उच्च मूल्य ।
सोनी एक्सपेरियाको तुलनामा गुगल पिक्सेलको अवस्था केही राम्रो थियो । गुगलले आफ्नो सबैभन्दा राम्रो स्मार्टफोनबाट धेरै अपेक्षा राखे पनि पिक्सेल सफल स्मार्टफोनको श्रेणीमा आउन सकेन ।
अन्य आइफोनजस्तै एप्पलको आइफोन सेभेनका लागि पनि उपभोक्तामा निकै उत्साह थियो । लामो पर्खाइपछि आइफोन सेभेन आयो । तर, सामसुङ ग्यालेक्सी नोट सेभेनजस्तै एप्पलका लागि पनि सात नम्बर फापेन । केही देशमा यसको ब्याट्री पड्किएको खबर आयो । तर, नोट सेभेन जत्तिको ठूलो संख्यामा नपड्केकाले आइफोनको चर्चा कम भयो । खराब ब्याट्रीका कारण यो फोनले एप्पलको इज्जत धान्न सकेन ।

 

Leave A Comment