कसरी हटाउने कपालको चाया ?

सोमबार, २५ पुष २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
कसरी हटाउने कपालको चाया ?

जाडोमा कम  नुहाउँदा र टोपी लगाउँदा कपालमा चाया पने समस्या देखिन्छ । कपालको चाया हटाउन यसो गर्नुपर्छः
राम्रो खालको स्याम्पूले सातामा दुईदेखि तीन पटकसम्म कपाल धुनुपर्छ । हर्बल स्याम्पूले कपाल धोएमा अझ राम्रो हुन्छ ।
नरिवल अथवा तोरीको तेलले कपालको मसाज गर्नुपर्छ । मसाज गर्दा कपालको जराले पोषण पाउँछ । तेलले चाया कम गर्न पनि मद्दत गर्छ । त्यसैले सातामा एक पटक कपालको मसाज गर्नुपर्छ ।
मसाज गरेपछि कपाललाई बाफ दिनुपर्छ । यसका लागि तातो पानीमा रुमाल भिजाउने र निचोरेर कपाल छोप्ने । यसो गर्दा टाउकोमा रहेका मृतकोषिका हटेर जान्छन् र टाउकोको छिद्र खुल्छन् । जसले गर्दा कपालको जराले राम्रो पोषण पाउँछ र चाया कम हुन्छ ।
कपालमा अमलाको शुद्ध तेल लगाउनाले पनि चाया कम हुन्छ ।
तुलसी र अमलाको पाउडरको लेप बनाइ टाउको मालिस गर्नाले पनि चाया कम हुन्छ ।
नुहाउनुअघि सजीवनको पातको रस लगाएमा पनि चाया कम हुन्छ ।
मेथीमा निकोटिनिक एसिड र प्रोटिन पाइन्छ । दुई चम्चा मेथी राति भिजाएर बिहान पिस्ने र लेप बनाइ टाउकोमा लगाएर ३० मिनेटपछि धुने । यसो गर्दा कपाल बलियो हुनुका साथै चाया पनि हराउँछ ।
नुहाउनुअघि तिलको तेल लगाउनाले पनि चाया कम हुन्छ ।
कागतीको रसमा भिटामिन सी, ए र बी, फस्फोरस र एन्टी–अक्सिडेन्ट पाइन्छ । तातो तेलमा कागती निचोरेर कपालमो मसाज गर्नाले चाया कम हुन्छ ।
दहीमा मरिचको धुलो मिसाएर कपाल धुनाले चाया हट्नुका साथै कपाल लामो, बलियो र चम्किलो हुन्छ ।

Leave A Comment