भीआईपीका रुचि–अभिरुचि

सोमबार, २५ पुष २०७३, ०९ : ५१ शुक्रवार , Kathmandu
भीआईपीका रुचि–अभिरुचि

भ्लादिमिर पुटिन, रुसी राष्ट्रपति
–    राजनीतिपछि पुटिनको अर्को ठूलो रुचिको विषय हो, अध्ययन । उनी कथा, कविता, आख्यान, दर्शनशास्त्रका किताब मात्र पढ्दैनन्, गैरसाहित्यिक किताब पनि उत्तिकै पढ्छन् ।
–    खास गरी उनी क्लासिक रुसी साहित्य बढी रुचाउँछन् । लियो टोल्सटोय, फ्योदर दोस्तोयभ्स्की, एलेक्जेन्ड्रे दुमास, इभान इल्यिन, इभान तुर्गनेभ उनले बढी मन पराएका लेखक हुन् ।
–    इरानी कवि उमर खैयामका कविता पढ्दा पुटिन बिछट्टै रमाउँछन् । खैयामको कवितासंग्रह ‘द वाइन अफ विज्डम’ उनलाई असाध्यै मन परेको किताब हो ।  
–    एलेक्जेन्ड्रे दुमासको ‘द थ्री मस्किटियर्स’, दोस्तोयभ्स्कीको ‘द ब्रदर्स कारामाजोभ’ र ‘क्राइम एन्ड पनिसमेन्ट’, लियो टोल्सटोयको ‘अन्ना कारेनिना’, निकोलाई बर्दजाएभको ‘द डेस्टिनी अफ म्यान’, इभान तुर्गनेभको ‘स्केचेज फ्रम अ हन्टर्स एल्बम’ उनका प्रिय किताब हुन् ।
–    पुटिन अंग्रेजी भाषाका किताब पनि बढ्छन् । अंग्रेजी भाषाका लेखकमा उनी सबैभन्दा बढ्ता अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वेलाई रुचाउँछन् । उनको उपन्यास ‘फर हुम द बेल टोल्स’ उनले साह्रै रुचाएको किताब हो ।  
–    खेलकुदमा मार्सल आट्र्स पुटिनलाई बढी मन पर्छ । साम्बो, जुडो र कराते भनेपछि उनी हुरुक्कै हुन्छन् । उनी करातेका ब्ल्याक बेल्ट पनि हुन् ।
–    स्किइङ (हिउँमा खेलिने चिप्लेटी), आइस हकी, हर्सराइडिङ, ¥याफ्टिङमा पनि उनको विशेष अभिरुचि छ ।

–    पुटिन प्रकृतिप्रेमी हुन् । प्रकृति संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनी सरिक भइरहन्छन् ।
–    छुट्टी मनाउन जाँदा उनले कहिल्यै नछुटाउने काम हो, फिसिङ । आफैँले मारेको माछा खान पाउँदा उनी मख्ख पर्छन् ।
–    पुटिन खानाका त्यति सोखिन छैनन् । जस्तोसुकै खाना भए पनि उनलाई हुन्छ । आइसक्रिम भनेपछि चाहिँ उनी हुरुक्कै हुन्छन् ।
–    खाना स्वादका लागि भन्दा पनि स्वास्थ्यका लागि खानुपर्छ भन्ने उनको मान्यता छ । गोलभेँडा, काँक्रा, जाउलो, दही, मह, खसीको मासु, माछा आदि उनी स्वादिलो मानेर खान्छन् ।
–    पुटिनको सबैभन्दा ठूलो सोख हो, घडी । संसारकै महँगा घडीहरूको राम्रो संग्रह छ उनीसँग ।

Leave A Comment