ठूलो तर विवादित फेसबुक

आइतबार, २४ पुष २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
ठूलो तर विवादित फेसबुक

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो प्रोफाइलमा लेखेका थिए– ‘विश्वले नयाँ चुनौती र अवसरको सामना गरिरहेको अवस्थामा हामीले प्रगति गरिरहने साहस पाऔँ ।’ यो वर्षको अन्त्यमा आइपुग्दा फेसबुक सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी भएको छ । १ अर्ब ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकले यो वर्ष भने निकै विवाद खेप्नुप¥यो ।
वर्षको सुरुवातमै फेसबुकले भारतबाट समस्या झेल्यो । भारतका इन्टरनेट सुविधा नभएको गाउँमा विस्तार गर्ने भनिएको फेसबुक बेसिक अभियानमा भारतको दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाइदियो । सस्तो मूल्यमा फिचर फोन उपलब्ध गराउने, त्यसमा फेसबुक र केही जानकारीमूलक एप निःशुल्क चलाउन मिल्ने दिने फेसबुकको योजनामा भारतीय निकायहरूले प्रतिबन्ध लगाइदिए ।
पछि एक व्यक्तिले गोली प्रहार भइरहेको भिडियो लाइभ गरेपछि फेसबुक विवादमा प¥यो । स्न्यापच्याटको फिचर चोरेको आरोप पनि फेसबुकले बेहो¥यो । वर्षको अन्त्यमा भने अमेरिकी चुनावमा फेसबुकमा सेयर भएको गलत समाचारहरूलाई नरोकेर डोनाल्ड ट्रम्पलाई जित्न सघाएको आरोप लाग्यो ।
प्रयोगकर्ताको विचारलाई नरोक्ने प्रतिबद्धता जनाएका बेला कसैको जानकारी वा विचारलाई के आधारमा रोक्ने ? यसको मापन के ? यस्तै कारणले फेसबुक अघि बढ्न सकेको छैन । चीनमा प्रतिबन्ध हटाउन फेसबुकले अघि सारेको रणनीतिले पनि उसलाई विवादमा पारेको छ ।

 

Leave A Comment