नङलाई सुन्दर बनाउन

शनिबार, २३ पुष २०७३, १० : ४९ शुक्रवार , Kathmandu
नङलाई सुन्दर बनाउन

-नङमुनि वा कुनातिर भएका दाग र फोहर हटाउन कागती दल्न सकिन्छ ।
-फिटकीरी दलेमा नङ बलियो र चम्किलो हुन्छ ।
-मनतातो तेलमा नङ केही बेर डुबाउनाले पनि नङ बलियो हुन्छ ।
-टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको  दाग सफा हुन्छ ।
-नेल बफरले रगड्नाले नङ सफा र चम्किलो बन्छ ।
-म्वाइस्चराइजिङ वा कन्डिसनिङ गुणयुक्त नेल पोलिस रिमुभरको प्रयोग गर्नुपर्छ ।
-गुणस्तरीय नेल केयर प्रोडक्ट र पोलिस प्रयोग गर्नुपर्छ ।
- नङको प्रयोग गरेर काम गर्ने बानी हटाउनुपर्छ ।
-नुहाउनासाथ वा लुगा धुनेबित्तिकै नङ काट्ने वा फाइलिङ नगर्ने । यसबेला नङ एकदमै नरम हुन्छ ।
-रफ किसिमको काम गर्दा पन्जा लगाएर काम गर्ने ।
-सन्तुलित आहार खाने र सफा पानी पिउने ।
-क्युटिकल र नेलवालको सुरक्षाको लागि मेनिक्योर गर्नुपर्छ ।
-नङ सफा गर्दा तीखो वस्तुको प्रयोग नगर्ने ।
-नङ फाँटेको वा भाँचेको छ भने टी–ब्याग पेपर नेल ग्लुबाट टाँस्नाले नङलाई बचाउन सकिन्छ ।
-नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु नै राम्रो हुन्छ ।
-नङको रङमा आएको असाधारण परिवर्तनबारे सचेत हुनु जरुरी छ । स्वास्थ्य जाँच गराएर उचित उपचार गराउनुपर्छ ।

Leave A Comment