खतरनाक बाटोमा सवारी

शनिबार, २३ पुष २०७३, १० : ४१ शुक्रवार , Kathmandu
खतरनाक बाटोमा सवारी

बाटो जोखिमपूर्ण छ भने हामी भरिसक्के त्यो बाटो गाडी चढेर जान नपरोस् भन्ने कामना गर्छौं । अमेरिकाको उटाह क्षेत्रमा ‘टाउन अफ मब’ भन्ने एउटा ठाउँ छ, जहाँको सडक निकै जोखिमपूर्ण छ । ठूलठूला ढुंगा, मरुभूमिका खाल्डा, चट्टानी बाटो हुँदै गाडी कुदाउनुपर्छ । तर, यस्तो खतरनाक बाटोमा गाडी कुदाउन मानिस ठूलै रकम खर्च गरेर त्यहाँ पुग्ने गर्छन् ।
साहसी क्रियाकलापमा रुचि राख्ने मानिस अमेरिकाका विभिन्न ठाउँ र अन्य देशबाट समेत त्यस क्षेत्रमा कार कुदाउन पुग्ने गरेका छन् । त्यहाँका बाटोमा माउन्टेन बाइक र चारपांग्रे गाडी कुदाउन मिल्ने व्यवस्था गरिएको छ ।
यस ठाउँमा ‘हेल रिभेन्ज’ नाम गरेको १३ किलोमिटर लामो ट्र्याक छ, जुन विभिन्न ढुंगाहरू जोडिएर बनेको छ । यो सडकको सबैभन्दा जोखिमपूर्ण खण्ड यही हो । यो खण्डमा बलिया मुटु भएका सिपालु ड्राइभरलाई मात्रै गाडी र साइकल कुदाउन दिइन्छ ।

Leave A Comment