सम्बन्ध जोगाउन छुट्टी

शुक्रबार, २२ पुष २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
सम्बन्ध जोगाउन छुट्टी

हलिउड अभिनेत्री जेनिफर अनिस्टन हिजोआज छुट्टी मनाइरहेकी छिन् । रमाइलो अथवा रिल्याक्स महसुस गर्न उनले छुट्टी मनाएकी भने होइनन् । उनले छुट्टी मनाउनुको उद्देश्य हो– आफ्नो बिहे जोगाउनु ।
अहिले उनी श्रीमान् जस्टिन थिरोउसँग कुनै ठाउँमा छुट्टी मनाइरहेकी छिन् । ‘उनीहरूबीचको वैवाहिक जीवनमा ठूलै समस्या उत्पन्न भएको छ । दुवैजना सम्बन्ध विच्छेद गर्ने मुडमा छन् । विवाह बचाउन सकिन्छ कि भनेर शुभचिन्तकहरूको सल्लाहमा उनीहरू छुट्टी मनाउन घरबाट टाढा कतै गएका छन्,’ उनीहरूनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । उनीहरूको बिहे भएको दुई वर्षजति मात्रै भएको छ ।

 

Leave A Comment