साउदी अरेबिया जान खोज्नेलाई टिप्स

शुक्रबार, २२ पुष २०७३, ११ : २६ शुक्रवार , Kathmandu
साउदी अरेबिया जान खोज्नेलाई  टिप्स

कामका लागि साउदी अरेबिया जान खोज्नेलाई यी टिप्स उपयोगी हुन सक्छन्ः

–साउदी अरेबिया गर्मी हुने देश हो ।
–साउदीको न्यूनतम तापक्रम १५ र अधिकतम तापक्रम ५० डिग्रीसम्म हुन्छ ।
–धेरैजसो नेपाली कामदारले त्यहाँ घरबाहिर काम गर्नुपर्छ । दिनमा अत्यधिक गर्मीमा बाहिर काम गर्ने र राति कोठामा एसी लगाएर बस्दा स्वास्थ्यमा समस्या देखिन्छ । त्यसैले कामदारले रातिमा एसी चलाउँदा बाहिरको तापक्रमअनुसार मिलाउनुपर्छ ।
–साउदीको मुख्य आम्दानी कच्चा तेल उत्पादन र पेट्रोलियम पदार्थको बिक्री हो ।
–साउदीको मुख्य भाषा अरबी, उर्दु, अंग्रेजी र हिन्दी हुन् ।
–साउदीमा गहुँ, जौ, गोलभेँडा, कागती, खर्बुजा उत्पादन हुन्छ भने भेडा, ब्राखा र कुखुरापालन पनि गरिन्छ ।
–त्यहाँ शुक्रवार सार्वजनिक बिदा दिने चलन छ । कम्पनीहरूमा काम गर्ने कामदारको हकमा भने कम्पनीको नियमअनुसार आलोपालो गरी बिदा मिल्ने गर्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियमअनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाही पनि हुन सक्छ । साताको ४८ घण्टा काम गर्ने समय हुन्छ भने ओभरटाइम कम्पनीको नियमानुसार हुन्छ ।
–सडकमा गाडीको गति अत्यधिक हुन्छ । त्यसैले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्रा क्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्नुपर्छ । नेपालका गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ भने साउदीमा बायाँतर्फ हुन्छ ।
–साउदी इस्लामिक राष्ट्र हो । रमजानको समयमा सार्वजनिक स्थानमा पानीसमेत सेवन गर्न मनाही हुन्छ । नेपालमा वर्षमा ३ सय ६५ दिन हुन्छ भने साउदीमा ३ सय ५४ दिन ।

 

Leave A Comment