१७ महिनासम्म गर्भवती

शुक्रबार, २२ पुष २०७३, १० : ३६ शुक्रवार , Kathmandu
१७ महिनासम्म गर्भवती

महिला औसतमा नौ महिनासम्म गर्भवती हुने गर्छन् । तर, गत वर्ष चीनकी एक महिलाले १७ महिनासम्म गर्भवती भएर कीर्तिमान कायम गरिन् ।
यति लामो समयसम्म गर्भवती हुने महिला हुन्, हुनान प्रान्तनिवासी वाङ सी ।  
सन् २०१५ को फेब्रुअरीमा उनी गर्भवती भएकी थिइन् । सन् २०१६ को अगस्टको अन्त्यसम्म पनि उनले बच्चा पाइनन् । ‘नौ महिना हुन लाग्दा उनी डाक्टरकोमा गएकी थिइन् । तर, डाक्टरले गर्भमा बच्चा विकसित नभएको भन्दै उनलाई फर्काइदिएका थिए । त्यसपछि पनि पटक–पटक डाक्टरकोमा जँचाउन जाँदा डाक्टरहरूले शिशुको जन्म हुने मिति तोक्ने गरेका थिए । तर, अगस्टको अन्त्यसम्म पनि उनले बच्चा जन्माइनन्,’ समाचारमा भनिएको छ । नोभेम्बरको आरम्भतिर मात्रै उनले बच्चा जन्माएकी थिइन् ।

Leave A Comment