बराबरी चाहने एमा

बुधबार, २० पुष २०७३, १० : १७ शुक्रवार , Kathmandu
बराबरी चाहने एमा

हलिउड अभिनेत्री एमा स्टोन हिजोआज मख्ख छिन् । पछिल्लो फिल्म ‘ला ला ल्यान्ड’मा आफ्नो भूमिकालाई लिएर सर्वत्र तारिफ भइरहेको बेला उनी मख्ख परेकी हुन् । यद्यपि, उनलाई मख्ख पार्ने विषय अर्कै छ ।
पारिश्रमिक लिने सवालमा आफूमाथि भेदभाव नहुने गरेको तथ्यले उनलाई मख्ख बनाएको हो । ‘पुरुष कलाकारले लिनेजति नै पारिश्रमिक मैले असुल्ने गरेको छु । हलिउडमा पारिश्रमिक लिने सवालमा महिला र पुरुषबीच विभेद छ । तर, म यस्तो विभेदको शिकार भएकी छैन,’ उनले भनिन् । विगत केही समययता आफूले पुरुष कलाकारकै जति पारिश्रमिक पाए पनि महिलामाथि विभेद भने हलिउडमा अझै कायम रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।

 

Leave A Comment