क्रिस्टिनकी नयाँ प्रेमिका

बुधबार, २० पुष २०७३, ०९ : ५७ शुक्रवार , Kathmandu
क्रिस्टिनकी नयाँ प्रेमिका

‘ट्वाइलाइट’ फेमकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट द्विलिंगी (बाइसेक्सुअल) हुन् । यसअघि केही पुरुष प्रेमी बनाइसकेकी उनले यसपालि महिला प्रेमिका बनाएकी छिन् ।
क्रिस्टिन हिजोआज मोडल स्टेला म्याक्सवेलसँग प्रेममा छिन् । दुवै जना अहिले अमेरिकी राज्य जर्जियामा रमाइलो गरिरहेका छन् ।
‘उनीहरूबीच केही समययता बढेको घनिष्ठता प्रेममा परिणत भएको छ । क्रिस्टिन अहिले फिल्म छायांकनको सिलसिलामा जर्जिया पुगेकी छिन् । क्रिस्टिनलाई नरमाइलो महसुस नहोस् भनेर उनलाई साथ दिन स्टेला पनि त्यहीँ छिन् । अहिले दुवैले उतैतिर रमाइलो गरिरहेका छन्,’ क्रिस्टिननिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

Leave A Comment