पाल्तु जनावरको कीर्तिमान

बुधबार, २० पुष २०७३, ०९ : ४६ शुक्रवार , Kathmandu
पाल्तु जनावरको कीर्तिमान

पाल्तु जनावरहरूले विश्व कीर्तिमान कायम गरेको र उनीहरूको कीर्तिमानलाई गिनिज बुकले समेत मान्यता दिएको सुन्दा अनौठो लाग्न सक्छ । तर, यो सत्य हो ।
गत साता भारतको राधजनी नयाँ दिल्लीका पाल्तु कुकुरहरूले यस्तो कीर्तिमान कायम गरेका हुन् । यद्यपि, उनीहरूले योजनाबद्ध रूपमा कीर्तिमान कायम गरेका होइनन् । एउटा मेलामा सहभागी हुने क्रममा कसैले थाहै नपाई कीर्तिमान कायम हुन पुगेको हो ।
दिल्लीको एनएसआईसी ओखला ग्राउन्डमा ‘पेट फेड २०१६’ नाममा पाल्तु जनावरहरूका निम्ति उत्सव आयोजना गरिएको थियो । सो उत्सवमा पाल्तु जनावरको प्रदर्शनी, प्रतिस्पर्धा आदि आयोजना गरिएको थियो । साथै, पाल्तु जनावरका लागि खाना, उनीहरूका लागि चाहिने सरसामग्रीका स्टलसमेत राखिएका थिए ।
उत्सवमा पाल्तु जनावरलाई सहभागी गराउन दिल्लीका विभिन्न भागबाट मानिस पुगेका थिए । पाल्तु जनावर उत्सवमा सहभागी हुने क्रम बढ्दै गयो । अन्त्यमा उत्सवमा तीन हजारभन्दा बढी पाल्तु जनावर सहभागी हुन पुगे र विश्व कीर्तिमान कायम हुन पुग्यो । यसअघि अस्ट्रेलियामा भएको पाल्तु कुकुरहरूको उत्सवमा ७ सय ६४ पाल्तु जनावर सहभागी भएर कीर्तिमान कायम गरेका थिए । दिल्लीका पाल्तु जनावरले सो कीर्तिमान भंग गरिदिएका हुन् ।

Leave A Comment