पोखरामा कंगारु एजुकेसन

सोमबार, १८ पुष २०७३, १० : ५७ शुक्रवार , Kathmandu
पोखरामा कंगारु एजुकेसन

कङारु एजुकेसन फाउन्डेसनले पोखराको चिप्लेढुंगास्थित सेलवेज टावरको ५औं तल्लामा क्षेत्रीय हेडक्वार्टर सञ्चालनमा ल्याएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले क्षेत्रीय हेडक्वार्टरको उद्घाटन गरेका थिए । क्षेत्रीय हेडक्वार्टरले अन्तर्राष्ट्रिय गुणस्तरका काउन्सेलिङ कक्षा, मल्टिमिडिया जडित अत्याधुनिक कक्षाकोठा, पुस्तकालय तथा कम्प्युटर ल्याबले विद्यार्थीलाई सहज रुपमा आयल्स, टोफल्स, स्याट, जिआरई, जिम्याटका तयारी कोर्स गर्नका लागि उपयुक्त वातावरण प्रदान गर्ने छ । विद्यार्थीको वैदेशिक अध्ययनको सपना पूरा गर्न मद्दत गर्न कंगारु एजुकेसन फाउन्डेसन पोखराका प्रमुख कार्यकारी टिआर काफ्लेले फाउन्डेसनको पोखरा अफिसले स्थापनाको छोटो समयमा आफूलाई पश्चिमाञ्चल क्षेत्रकै अब्बल कन्सल्टेन्सीका रुपमा उभ्याउन सफल भएको बताए ।

 

Leave A Comment