बेलाका ‘सक्रिय’ प्रेमी

आइतबार, १७ पुष २०७३, १२ : ०१ शुक्रवार , Kathmandu
बेलाका ‘सक्रिय’ प्रेमी

हलिउड अभिनेत्री बेला थोर्न गायिका पनि हुन् । गायिका भएको नाताले सांगीतिक क्षेत्रका मानिससँग नजिकिनु उनका निम्ति अनौठो कुरा होइन । अहिले उनी गायक चार्ली पुथसँग प्रेममा छिन् ।
यसअघि उनी टेलर पोसीसँग प्रेममा थिइन् । केही महिनाअघि टेलरसँग उनको ब्रेकअप भएको थियो । त्यसपछि उनको सम्बन्ध चार्लीसँग जोडिएको हो ।
एक कार्यक्रममा उनले भनिन्, ‘म त्यस्ता पुरुषसँग प्रेममा रहन रुचाउँछु, जो सोसल मिडियामा ज्यादै सक्रिय छ र जसले यसलाई राम्रोसँग बुझेको छ ।’ चार्ली पनि सोसल मिडियामा साह्रै सक्रिय भएकाले उनले घुमाउरो पारामा चार्लीतर्फ संकेत गरेको विभिन्न अनलाइनले जनाएका छन् ।

Leave A Comment