फोक्सो सफा राख्न के खाने ?

आइतबार, १७ पुष २०७३, १० : ४० शुक्रवार , Kathmandu
फोक्सो सफा राख्न के खाने ?

प्रदूषण, चुरोट सेवनलगायत कारणले अहिले फोक्सोसम्बन्धी रोग हुनेहरूको संख्या बढिरहेको छ । फोक्सो सफा राख्न यस्ता खानेकुरा खानुपर्छः
मकै
मकैमा बेटा–क्रिप्टोसान्थिन पाइन्छ । यसमा पाइने एन्टी–अक्सिडेन्टले फोक्सोको क्यान्सर हुने जोखिमलाई कम गर्छ ।
प्याज
प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गति कम हुन्छ । फोक्सोको क्यान्सर भइसकेको छ भने प्याज खानु अझ राम्रो हुन्छ । स्वस्थ मानिसले प्याज खानाले क्यान्सरको जोखिम घट्छ ।
अदुवा
अदुवामा पाइने तŒवले प्रदूषण, धूम्रपान आदिका कारण फोक्सोमा जम्मा भएको विकार शरीरबाट निकास गर्छ । धुवाँधुलोमा बढी सक्रिय हुने मानिसले बिहानबेलुकाको भोजनमा अदुवाको टुक्रा समावेश गर्नु राम्रो हुन्छ ।
सुन्तला
सुन्तलामा क्रिप्टोसान्थिन तŒव पाइन्छ । जसले फोक्साको क्यान्सर लाग्ने जोखिम कम गर्छ ।
सिस्नो
सिस्नोमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नो खानाले फोक्सोमा लागेको इन्फेक्सनको प्रभाव कम हुन्छ र फोक्सोमा घातक रोग लाग्न पाउँदैन ।  
पिस्ता
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्ने र क्यान्सर लाग्ने जोखिम घटाउने गर्छ ।
रातो खुर्सानी
धुवाँधुलोमा बढी सक्रिय हुने मानिसको छातीमा कफ जमेको छ भने निको हुन समय लाग्छ । यस्तो अवस्थामा खानासँगै रातो खुर्सानी खाने ग¥यो भने कफ, घाँटी र छातीको खसखस कम हुन्छ ।
जडीबुटी
सुन्तलाको बोक्रा, पुदिनाजस्ता जडीबुटीलाई आयुर्वेदमा फोक्सो सफा गर्ने जडीबुटीका रूपमा पहिचान गरिएको छ । फोक्सो सफा गर्न परापूर्वकालदेखि खाँदै आइएका यस्ता जडीबुटी चुरोट खानेहरूका लागि ज्यादै उपयोगी हुन्छन् ।
काउली
काउली, ब्रोकाउली र यस्तै प्रजातिका तरकारीमा एन्टी–अक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले फोक्सोमा निकोटिन र धुवाँका कारण जम्मा भएको विशालु पदार्थ कम गर्ने गर्छ ।
कुरिलो/चुकन्दर/मुसुरोको दाल
कुरिलो, चुकन्दर र मुसुरोको दालमा पाइने तŒवले क्यान्सर लाग्ने जीवाणुको असरलाई कम गर्छ । यसले निकोटिन तथा धुवाँका कारण फोक्सोमा आएको खराबीलाई कम गर्छ ।
लसुन
लसुनमा एलिसिन नामक तŒव पाइन्छ । जसले शरीरको इन्फेक्सनविरुद्ध लड्ने क्षमतालाई बढाउँछ । यसले फोक्सोको क्यान्सर लाग्ने जोखिमलाई घटाउने गर्छ ।
भिटामन सी
सुन्तला, कागती, मौसम, गोलभेडाको जुस, स्ट्रबेरी, भुइँकटर, आँप, पहँेलो र हरियो भेँडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारी खानुपर्छ । भिटामिन–सीले फोक्सोका विकार हटाउँछ र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउँछ ।
स्याउ
स्याउमा पाइने फ्लाभोनोइड्स पदार्थ र भिटामिनहरूले धुवाँ र निकोटिनका कारण दूषित र विषालु बनेको फोक्सोलाई सफा गर्छ । फोक्सोमा लाग्ने विभिन्न रोगबाट पनि जोगाउँछ ।
अनार

अनारमा पाइने एन्टी–अक्सिडेन्टले फोक्सो सफा पार्ने काम गर्छ । यसले फोक्सोमा ट्युमर पलाउने जोखिमलाई पनि कम गर्छ ।
पानी
चुरोट खाने मानिसले बढी पानी पिउने गर्नुपर्छ । किनकि, चुरोटसेवन गर्ने मानिसको फोक्सो बढी डिहाइड्रेट हुन्छ । प्रशस्त पानी खाँदा चुरोटबाट फोक्सोमा जम्मा भएको विकार बाहिर निस्किने गर्छ ।

 

Leave A Comment