सोनाक्षीले गरिन् तारिफ

आइतबार, १७ पुष २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
सोनाक्षीले गरिन् तारिफ

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गत साता रिलिज भएको फिल्म ‘दंगल’को भव्य तारिफ गरेकी छिन् । गत शुक्रवार ‘दंगल’ रिलिज भएकै दिन सिनेमा हल गएर सोनाक्षीले फिल्म हेरेकी थिइन् । फिल्म खूब मन परेको टिप्पणी उनले गरेकी छिन् ।
फिल्म हेरेपछि सोनाक्षीले ट्वीट गरिन्, ‘आमिर, तपाईंले आफ्ना हरेक फिल्मका निम्ति पर्खन सबैलाई व्यग्र पार्नुहुन्छ । यो फिल्म पनि असाध्यै लायकको छ ।’ साथै उनले ‘दंगल’ फिल्मको सम्पूर्ण निर्माण युनिटलाई बधाई दिएकी छिन् । ‘यो फिल्म बहुमूल्य हिरासरह छ । वाह, कस्तो भव्य फिल्म !’ उनले थप लेखेकी छिन् ।

Leave A Comment