आमा–बाउ बने जो

शनिबार, १६ पुष २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
आमा–बाउ बने जो

सैफ अली खान–करिना कपुर खान
करिनाले २० डिसेम्बरमा छोरा जन्माइन् । उनीहरूले आफ्नो छोराको नाम तैमूर अली खान पटौदी राखेका छन् । गर्भवती अवस्थामा पनि करिनाले आफ्नो कामलाई प्राथमिकता दिइन् । उनी डिसेम्बर दोस्रो सातासम्म पनि काममा व्यस्त थिइन् ।

शाहिद कपुर–मीरा कपुर
शाहिद कपुरकी श्रीमती मीराले अगस्त २६ मा छोरीलाई जन्म दिइन् । छोरीको नाम उनीहरूले मिशा राखे । छोरी जन्मिएपछि शाहिदले आफ्नो कामबाट बिदा लिए र छोरीसँग समय बिताए । शाहिद र मीरा धेरै पटक छोरीसँग बाहिर देखिएका छन् ।

रितेश देशमुख–जेनेलिया डिसुजा
रितेश र जेनेलिया दोस्रो पटक आमाबुबा बनेका छन् । जेनेलियाले जुन १ मा दोस्रो छोरो जन्माएकी थिइन् । जसको नाम उनीहरूले राहिल राखेका छन् । रितेश र जेनेलियाको पहिलो छोराको नाम रियान हो ।

अर्पिता खान–आयुष शर्मा
सलमान खानकी बहिनी अर्पिता खानले मार्च ३० मा छोरालाई जन्म दिएकी थिइन् । अर्पिता र मोडल आयुषले छोराको नाम आहिल राखेका छन् ।

गीता बसरा–हरभजन सिंह
अभिनेत्री गीता बसराले भारतीय क्रिकेटर हरभजन सिंहसँग सन् २०१५ मा बिहे गरेकी हुन् । जुलाई २०१६ मा उनले छोरी जन्माइन् । जसको नाम उनीहरूले हिनाया हीर प्लाहा राखेका छन् ।

 

Leave A Comment