जसले कसे लगनगाँठो

शनिबार, १६ पुष २०७३, ०९ : ४४ शुक्रवार , Kathmandu
जसले कसे लगनगाँठो

प्रिटी जिन्टा
४१ वर्षको उमेरमा प्रिटी जिन्टाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जिन गुडइनफसँग बिहे गरिन् । फेब्रुअरी २९ मा उनीहरूले गुपचुप बिहे गरे । जिन लस एन्जलसमा बस्छन् । उनी अर्थ–विश्लेषक हुन् । लस एन्जलसमा चुपचाप बिहे गरेपछि प्रिटीले मुम्बईमा रिसेप्सन पार्टी राखेकी थिइन् ।

उर्मिला मातोन्डकर
उर्मिला मातोन्डकरले मार्च ९ मा आफूभन्दा नौ वर्ष कान्छा मोहसिन अख्तर मिरसँग लगनगाँठो कसिन् । वैवाहिक कार्यक्रम गोप्य तरिकाले सम्पन्न भएको थियो । मोहसिन कश्मिरी व्यवसायी र मोडल हुन् । उनले जोया अख्तर निर्देशित फिल्म ‘लक बाई चान्स’ मा काम गरेका छन् ।  

बिपाशा बसु
पछिल्लो समय फिल्म ‘अलोन’ मा देखिएकी अभिनेत्री बिपासा बसु २०१६ को २९ अप्रिलमा अभिनेता करण सिंहसँग बिहे बन्धनमा बाँधिइन् । ३७ वर्षीया यी अभिनेत्रीले धुमधामसँग बिहे गरिन् । फिल्म ‘अलोन’ कै सेटमा यी दुईबीच प्रेम झांगिएको थियो ।

असिन
फिल्म ‘गजनी’ की अभिनेत्री असिनले माइक्रोम्याक्सका को–फाउन्डर राहुल शर्मासँग १९ जनुवरीमा बिहे गरेकी हुन् । गुपचुप भएको बिहेमा बलिउडबाट अभिनेता अक्षय कुमार मात्र सहभागी भए । बिहे इसाई र हिन्दू परम्पराअनुसार भएको थियो ।

अमृता राव
अभिनेत्री अमृता रावले ब्वाइफ्रेन्ड अनमोलसँग लगनगाँठो कसिन् । गोप्य तरिकाले भएको वैवाहिक कार्यक्रममा अमृता र अनमोलका परिवारका सदस्य र केही मिल्ने साथी मात्र सहभागी थिए । अनमोल रेडियो जकी र टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । सात वर्षयता उनीहरू प्रेम सम्बन्धमा थिए ।

हेजल किच
फिल्म ‘बडिगार्ड’ मा करिना कपुरकी साथी र सलमान खानकी श्रीमतीका रूपमा देखिएकी हेजल नोभेम्बर ३० मा भारतीय क्रिकेटर युवराज सिंहसँग बिहे बन्धनमा बाँधिइन् । चन्डीगढ र गोवामा भएको वैवाहिक कार्यक्रममा परिवारका सदस्य र केही साथी सहभागी थिए ।

Leave A Comment