सीप सिकेर रोजगारीमा जानु

शुक्रबार, १५ पुष २०७३, १२ : १२ शुक्रवार , Kathmandu
सीप सिकेर रोजगारीमा जानु

–घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान चाहनेले सूचीकृत संस्थाबाट रोजगार भिसामा मात्र जानुपर्छ ।
–आफू जाने देशको जानकारी लिने, सीप सिक्ने, तालिम लिने तथा कानुनी बाटो अवलम्बन गरेमा यसमा हुने जोखिम कम हुन्छ ।
–गन्तव्य मुलुकको नेपाली नियोगमा सूचीकृत एजेन्सीसँग कामदारको सेवा, सुविधा, अधिकार र कर्तव्यसम्बन्धी व्यवस्था र दुवै पक्षको काम, कर्तव्य, अधिकार र दायित्वसम्बन्धी दोहोरो उल्लेख भएको करार सम्झौता गरी श्रम स्वीकृति लिएर मात्र जानुपर्छ ।
–घरेलु कामदारको रूपमा साउदी अरेबिया, यूएई, कतार, ओमान, कुबेत, बहराइन, लेबनान र मलेसिया गरी आठ वटा मुलुकमा जाने महिलाको हकमा भने २४ वर्ष पूरा भएको र बच्चा भएमा बच्चाको उमेर दुई वर्ष पूरा भएको हुनुपर्छ ।
–खाडी राष्ट्रहरूको श्रम कानुनअन्तर्गत घरेलु कामदार श्रमिकको परिभाषामा नपर्ने भएकाले समस्या पर्दा कानुनी उपचार प्राप्त गर्न गाह्रो पर्छ ।
–रोजगारदाताले घरेलु कामदारको बसाइँ र काममा पूर्ण नियन्त्रण गर्ने अधिकार लिएको हुन्छ ।
–घरेलु कामदारले रोजगारदाताले अनुमतिबिना घर छाडेमा गैरकानुनी हुन्छ र जेल सजाय हुनसक्छ ।
–करार अवधि सकिएपछि कामदारको रूपमा विदेशमा बस्नु हुँदैन ।
–घरेलु कामदार महिलामाथि दुव्र्यवहार भए फोनमार्फत दूतावासमा सम्पर्क राख्नुपर्छ ।
–घरेलु कामदारको मासिक पारिश्रमिक तीन सय डलरभन्दा कम भएमा श्रम स्वीकृति नदिने व्यवस्था छ ।
–घरेलु कामदारले सम्झौता बमोजिम सेवा, सुविधा नपाएमा, करार सकिएमा, बिरामी परेको वा कुनै प्रतिकूल अवस्था परेमा उद्धार तथा क्षतिपूर्तिको व्यवस्था सम्बन्धित सूचीकृत संस्था, रोजगारदाता र एजेन्सीको सहयोगमा गर्नुपर्ने हुन्छ ।
–घरेलु कामदारको रूपमा जाँदा नेपाल सरकारले तोकेको तालिम लिनुपर्छ । उक्त तालिम आवसीय र निःशुल्क हुन्छ । यो तालिम ३० कार्य दिन अथवा २ सय १० घण्टा हुन्छ । जसमा ८० प्रतिशत व्यावहारिक सीप र २० प्रतिशत जानकारीमूलक सैद्धान्तिक ज्ञान सिकाउनुपर्छ ।
–घरेलु कामदारको रूपमा गएका महिला सम्झौता अवधि सकिएर घर नफर्केसम्म कुनै जोखिममा परे या सम्पर्क हुन नसके जिम्मेवारी पठाउने संस्थाको हुन्छ ।

 

Leave A Comment