ह्वावे जीआर ५ २०१७ बजारमा

शुक्रबार, १५ पुष २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
ह्वावे जीआर ५ २०१७ बजारमा

स्मार्टफोन कम्पनी ह्वावेले स्मार्टफोनको विश्वव्यापी बजारमा आइतवार ह्वावे जीआर ५ २०१७ लन्च गरेको छ । यो आकर्षक र पावरफुल स्मार्टफोन उचित बजेटमा सपिङ गर्न रुचाउने प्राविधिक ट्रेन्डसेटरका लागि बनाइएको भन्दै कम्पनीले आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण ह्वावे जीआर ५ जस्तै नै ह्वावे ं जीआर ५ २०१७ पनि अधिक मूल्यका ह्यान्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम रहेको दाबी गरेको छ । यसमा तेज परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र स्मार्टफोनको बजारमा नै सबैले खरिद गर्नसक्ने प्रिमियम डुअल क्यामरा पनि रहेको पनि कम्पनीले जनाएको छ । यस फोनमा उत्कृष्ट डुअल क्यामराको विशेषताका साथै सुपथ मूल्यमा उत्कृष्ट विशेषता प्रदान गरी ह्वावेले स्मार्टफोन उद्योगमा दरिलो फड्को मारेको पनि कम्पनीको दाबी छ । यसमा ह्वावेको सबैले रुचाएको १०–लेभलको ब्युटीमोड, अटो मेकअप मोडजस्ता परफेक्ट सेल्फी फिचर रहेको पनि जनाइएको छ । साथै, ह्वावेको सबैभन्दा नयाँ फिंगरप्रिन्ट प्रविधि आफ्नो सुरुवाती समयभन्दा एक सय प्रतिशत बढी सुधार भएको भन्दै कम्पनीले ह्वावेको यस फोनमा रहेको फिंगरप्रिन्ट ०.३ को ३६० डिग्री रिडेबिलिटीका साथ यसका प्रयोगकर्ताले मात्र ०.३ सेकेन्डमै सुक्खा वा फिजेको औँलाले फोन चलाउन मद्दत गर्दै संसारसँग जोडिन र सिर्जनशील हुन साथ दिने बताएको छ ।

Leave A Comment