सन् २०१६ का शीर्ष घटना

शुक्रबार, १५ पुष २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
सन् २०१६ का शीर्ष घटना

डोनाल्ड ट्रम्पको विजय
राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछिको विजयसभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले भने, ‘अमेरिकामा विगतमा हुने राष्ट्रपतीय निर्वाचनभन्दा यस पटकको निर्वाचन सर्वथा भिन्न थियो । निर्वाचनका समयमा अरू बेला निर्वाचन अभियान सञ्चालन हुन्थ्यो । यसपालि निर्वाचन अभियानको सट्टा सामाजिक आन्दोलन सञ्चालन भयो ।’
यस वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको विजय विगतका अन्य राष्ट्रपतिको विजयभन्दा धेरै अर्थमा भिन्न थियो । अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी मूलका आप्रवासीविरुद्ध विषवमन गर्दै तथा मेक्सिको, मध्यपूर्वजस्ता क्षेत्रलाई अपराध, लागुऔषध र आतंकवादको उर्वर भूमिका रूपमा चित्रण गर्दै ट्रम्प निर्वाचनमा सहभागी भएका थिए । ट्रम्पका आलोचकहरूले उनको यस्तो विचारलाई ‘जेनोफोबिया’ र ‘नाजीवादको नयाँ संस्करण’सम्म भनेका थिए ।
अमेरिकी समाजमा देखिएका यावत् समस्याका निम्ति आप्रवासीलाई दोषी ठह¥याउँदै उनले सुरु गरेको निर्वाचन अभियानले खास गरी श्वेत अमेरिकीहरूलाई आकर्षित ग¥यो । र, उनीहरूकै मतबाट ट्रम्प राष्ट्रपति निर्वाचित भए । आगामी वर्ष उनको कार्यकाल सुरु हुँदैछ । आफ्नो कार्यकालमा उनले अमेरिकाभित्रका आप्रवासी, मुसलमानबहुल राष्ट्र, चीन र इरानजस्ता अमेरिकासँग मतान्तर भएका राष्ट्रविरुद्ध कडा रवैया अपनाउने अनुमान सर्वत्र गरिएको छ ।

टर्कीमा ‘कू’ प्रयत्न
टर्कीमा गत जुलाईमा टर्किस सेनाका केही अधिकारीले ‘कू’ गर्ने प्रयत्न गरे । ‘कू’मार्फत टर्कीको राष्ट्रपति कार्यालयलगायत महŒवपूर्ण निकायमा कब्जा जमाउने र नयाँ सत्ता घोषणा गर्ने योजना ‘कू’मा संलग्न सैन्य अधिकारीहरूको थियो । ‘पिस एट होम काउन्सिल’ नामक संगठन स्थापना गरेर ‘कू’कर्ताले ‘कू’पछि टर्कीमा शान्ति स्थापना गर्नु आफूहरूको मुख्य ध्येय रहेको जनाउ दिन खोजेका थिए । ‘कू’ प्रयत्नमा फितुल्लाह गुलिनक नेतृत्वमा एदिल ओक्सुज, जनरल अकिन ओज्तुर्क, जनरल एडेम हुदुती, लेफ्टिनेन्ट जनरल मितिन ल्यिदिल, ब्रिगेडियर जनरल सेमिह तेर्जीलगायत सैन्य अधिकार संलग्न भएका थिए ।
उनीहरूसमर्थित फौजले राजधानी अंकारा र इस्ताबुललगायत प्रमुख शहरका रणनीतिक महŒवका क्षेत्र तथा सरकारी कार्यालयमा कब्जा जमाउन खोजेका थिए । तर, सरकारसमर्थित फौजले उनीहरूको प्रयत्नलाई निस्तेज पारिदियो । ‘कू’मा संलग्नहरू पक्राउ परे । धर्मनिरपेक्षता कमजोर हुँदै गएको, प्रजातान्त्रिक मूल्य–मान्यतामाथि सम्झौता हुन थालेको, मानवअधिकारलाई बेवास्ता गरिएको र अन्तर्राष्ट्रिय जगतमा टर्कीको विश्वसनीयतामा ह्रास आएको र यस्ता कुरा रोक्न टर्की सरकार असमर्थ भएकाले त्यसको विकल्पमा आफूहरू  आउनुपरेको ‘पिस एट होम काउन्सिल’ले जनाएको थियो ।
‘कू’का क्रममा भएको भिडन्त र झडपमा परी तीन सय मानिसको मृत्यु भयो भने २१ जना घाइते भए । टर्कीको संसद्भवन, राष्ट्रपति कार्यालयलगायत सरकारी निकायमा क्षति पुग्यो । ‘कू’ असफल भएपछि राज्यद्वारा गरिएको धरपकडमा ४० हजार मानिस पाक्राउ परे । यसमध्ये १० हजार टर्किस सैनिक थिए ।
टर्की सरकारबाहेक टर्कीको विपक्षी दलले समेत ‘कू’को विरोध ग¥यो । त्यस्तै अमेरिका, नेटो र युरोपेली संघले समेत यसको भत्र्सना गरे । भित्र र बाहिर दुवैतिरबाट असहयोग भएपछि अन्ततः ‘कू’ प्रयत्न असफल भयो ।

ईयूबाट ब्रिटेन अलग
सन् २०१६ को अर्को महŒवपूर्ण घटना हो– युरोपियन युनियनबाट अलग हुने भनी ब्रिटिस नागरिकले गरेको निर्णय । युनियनमा आबद्ध हुँदा बेलायती जनतालाई बढी लाभ हुन्छ कि अलग हुँदा भन्नेमा बेलायतमा निकै अघिदेखि विवाद रहँदै आएको थियो । यसको अन्तिम छिनोफानो गर्न गत जुनमा ब्रिटेनमा जनमतसंग्रह गरियो । जनमतसंग्रहमा ५२ प्रतिशत मतदाताले युरोपेली युनियनबाट बेलायत अगल हुनुपर्ने पक्षमा भोट हाले । फलतः बेलायत युरोपेली संघबाट बाहिरिने पक्का भयो । यसलाई अंग्रेजीमा ‘ब्रेक्सिट’ भनियो ।
युरोपेली युनियनमा आबद्ध राष्ट्रका नागरिकले संघमा आबद्ध हरेक राष्ट्रमा निर्बाध आवतजावत गर्न, काम गर्न, व्यापार गर्न पाउँछन् । यस्तो प्रावधानले गर्दा युरोपेली संघमा आबद्ध खास गरी पूर्वी युरोपेली राष्ट्रका मानिसले बेलायतमा आएर सस्तोमा काम गर्न थालेको र यसले गर्दा बेलायती नागरिक बेरोजगार हुने क्रम बढेको विषयलाई ब्रेक्सिट पक्षधरहरूले प्रचारप्रसारको मुख्य विषय बनाएका थिए । त्यस्तै, पूर्वी युरोपका मानिस बेलायत आउने क्रम बढेकाले यसले बेलायतको आन्तरिक सुरक्षामा खलल उत्पन्न गराएको, युरोपेली संघमा आबद्ध हुनाले उदार खालको आप्रवासी नीति अवलम्बन गर्न बेलायत बाध्य भएको, युरोपेली संघले तय गर्ने नीति बेलायतमा लागू हुने भएकाले यसबाट बेलायतको नीति निर्माण गर्ने बेलायती जनताको प्रजातान्त्रिक हक कुण्ठित भएको जस्ता आरोप बे्रक्सिट पक्षधरहरूले लगाएका थिए ।
जनमतसंग्रहले युरोपेली संघबाट अलग हुने फैसला गरे पनि यसको कार्यान्वयन हुन बाँकी नै छ । बेलायती संसद्ले जनमतसंग्रहको निर्णय उल्टाउन सक्ने÷उल्टाउनुपर्ने आवाज अझै पनि बेलायतमा उठिरहेको छ ।

फैलियो जिका
सन् २०१६ भरि जिका भाइरसले सम्पूर्ण विश्वलाई सन्त्रासमा पा¥यो । लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरसले खास गरी दक्षिण अमेरिकी महादेशलाई त्राहिमाम् बनायो । उत्तर अमेरिकी महादेशका राष्ट्रलगायत अन्यत्र पनि यो भाइरस फाट्टफुट्ट देखा प¥यो ।
सबैभन्दा पहिले ब्राजिलमा यो भाइरस देखा प¥यो । सन् २०१५ मा यो भाइरसबाट ग्रस्त मानिस पहिलो पटक ब्राजिलमा फेला परे । सन् २०१६ नलाग्दै यो भाइरस ब्राजिलभित्र र छिमेकी राष्ट्रमा फैलियो । जिका भाइरसग्रस्त मानिसको संख्या ह्वात्तै बढ्न थालेपछि गत जनवरीमा विश्व स्वास्थ्य संगठनले जिका भाइरसलाई महामारीको संज्ञा दियो ।
जिका भाइरसग्रस्त मानिसका सन्तानमा जिका संक्रमणको असर देखिने हुन्छ । त्यस्ता अभिभावकबाट जन्मिने सन्तानको टाउको ठूलो हुने, शरीर सानो हुने, गर्भ तुहिने, नसासम्बन्धी रोग देखिने आदि हुन्छ ।
जिका भाइरस एडेस एजिप्टी र र एडेस एल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । यस्तो प्रजातिका लामखुट्टे ब्राजिललगायत दक्षिण अमेरिकी देशमा पाइन्छन् । त्यही भएर गत वर्ष ब्राजिललगायत दक्षिण अमरिकी राष्ट्रको भ्रमण गर्ने पर्यटकको संख्यामा कमी आयो । विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई ती देश नजान ‘ट्राभल एड्भाइजरी’ नै जारी गरे ।
यही वर्ष ब्राजिलमा ओलम्पिक खेल आयोजना हुने तय भएको थियो । जिका भाइसरको भयका कारण ब्राजिलमा ओलम्पिक नगर्न सर्वत्र आवाज उठेको थियो । तर, ब्राजिलले कीटनाशक औषधि छर्नेलगायत जिका भाइरस नफैलिने सबै उपाय अवलम्बन गर्ने आश्वासन दिएपछि र यस दिशामा भरपर्दो खालका कदम चालेपछि अन्ततः ओलम्कि खेल ब्राजिलको प्रमुख शहर रियो दे जानिरोमा सम्पन्न भयो ।

उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’
गत जनवरीमा उत्तर कोरियाले आफ्नो शास्त्रागारमा हाइड्रोजन बम थपिएको घोषणा ग¥यो । पारमाणविक बमको उन्नत प्रकार मानिने हाइड्रोजन बम बिरलै मुलुकसँग मात्र छ । भूसतहतल यस्तो बमको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घोषणा सरकारी टेलिभिजनमार्फत उत्तर कोरियाको सरकारले ग¥यो ।
सन् २००६ यता उत्तर कोरियाले गरेको भनिएको पारमाणविक क्षमताको शस्त्र प्रक्षेपणको यो चौथो चरण थियो । यसले संसारभरि सनसनी मच्चायो । किनकि, हाइड्रोजन बम बनाउनुको अर्थ सामरिक क्षेत्रमा निकै ठूलो फड्को मार्नु हो । बमको सफल परीक्षण भएको उद्घोष गर्दै उत्तर कोरियाले यस्तो बमको सिर्फ एक मारकमा सम्पूर्ण अमेरिका सोत्तर हुने अभिमानपूर्ण भनाइसमेत सार्वजनिक ग¥यो ।
उत्तर कोरियामा प्रेस स्वतन्त्रता छैन । साथै, विदेशी पत्रकारलाई पनि उत्तर कोरिया प्रवेश गर्ने अनुमति छैन । यस्तोमा त्यहाँको सरकारको यस्तो दाबीको स्वतन्त्र पुष्टि हुन पाएन ।
तर, पश्चिमी मुलुक र त्यहाँका रक्षा विश्लेषकहरूले उत्तर कोरियाको यस्तो दाबीलाई अतिरञ्जित भने । ‘उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दाबी गरेको केही समयअघि उत्तर कोरियाको भूक्षेत्रमा विष्फोटपछिको हलचल मच्चिएको थियो,’ उत्तर कोरियाको दाबीमाथि शंका गर्दै बीबीसीले भन्यो, ‘तर, त्यो हलचल सन् २०१३ मा उसले गरेको पारमाणविक बमको परीक्षणले ल्याएको हलचलभन्दा थोरै मात्र बढी थियो । हाइड्रोजन बम विष्फोट ठूलो परिमाणको थर्मोन्युक्लियर विष्फोट हो । यदि उत्तर कोरियाले साँच्चिकै त्यस्तो बम परीक्षण गरेको भए योभन्दा निकै ठूलो हलचल आउने थियो ।’

झन् एक्लियो इरान
यस वर्षको आरम्भमा साउदी अरबले ४७ मानिसलाई आतंकवादी गतिविधिमा संलग्न भएको भन्दै मृत्युदण्ड दियो । आतंकवादी संगठन अल–कायदामा आबद्ध भएर आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्ड पाउनेमध्ये एक थिए– सिया धर्मगुरु निमर अल–निमर ।
साउदी अरब सुन्नी मुसलमानबहुल राष्ट्र हो । इरान सिया मुसलमानबहुल राष्ट्र हो । मुसलमानभित्रका यी दुई मुख्य सम्प्रदायलाई नेतृत्व गर्ने यी राष्ट्रबीच निकै पहिलेदेखि नै कटू सम्बन्ध रहिआएको छ । साउदी अरबले आफ्नो मुलुकभित्र सिया धर्म मान्नेहरूलाई सुनियोजित रूपमै प्रताडना दिने गरेको आरोप इरानले लगाउँदै आएको छ ।
यस्तोमा सिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि इरानमा साउदी अरबविरुद्ध आन्दोलनको लहर उठ्यो । गत जनवरीमा भएको यस्तो आन्दोलनका क्रममा तेहरानस्थित साउदी अरबको राजदूतावासमा आन्दोलनकारीहरूले प्रवेश गरी दूतावास भवनमा आगो लगाइदिए । वर्षौंअघि इरानी नागरिकले तेहरानस्थित अमरिकी दूतावासमा पनि यही शैलीमा कब्जा जमाई आगो लगाउने, कूटनीतिक नियोगका अधिकारीलाई कब्जामा लिनेजस्ता काम गरेका थिए ।
यसपटक तेहरानमा भएको यस्तो घटनाको विरोधमा साउदी अरबले इरानसँग दौत्य सम्बन्ध खारेज गर्ने निर्णय ग¥यो । अमेरिका र युरोपेली संघले लगाएको नाकाबन्दीमाझ गुज्रिरहेको इरानलाई यो अर्को ठूलो झड्का थियो । साउदी अरबको यस्तो घोषणापछि अरब क्षेत्रका अन्य राष्ट्रले पनि इरानसँगको सम्बन्धको आयामलाई संकुचित गर्नेदेखि कूटनीतिक सम्बन्ध विच्छेद गर्नेसम्मको निर्णय गरे । साउदी अरबलाई पछ्याउँदै बहराइन, संयुक्त अरब इमिरेटस्, सुडानजस्ता सुन्नी शासक भएका मुलुकले समेत इरानसँगको द्विपक्षीय सम्बन्ध खारेज गर्ने घोषणा गरे ।


इस्लामिक स्टेटको उदय र पतन
यस वर्ष आतंकवादी संगठन आईएसआईएसले सिरिया र इराकका कतिपय भूभागलाई समेटेर इस्लामिक स्टेटको नाममा खलिफा (धार्मिक राज्य) घाषणा ग¥यो । आईएसआईएसले यस्तो घोषणा गरेपछि इस्लामिक स्टेटको सिपाही बनेर इस्लाम धर्मको प्रतिरक्षा गर्न भनेर अमेरिका र युरोपका सुपठित मुसलमानहरू सिरिया र इराकतिर जाने क्रम बढ्यो ।  
आईएसआईएसका लडाकुले सिरिया र इराकका फौजलाई परास्त गर्दै दुवै मुलुकका ठूला भूभाग कब्जा गरे । सिरियाली शासक बसर अल असदविरुद्ध युद्धरत विद्रोहीहरूले सरकारी सेनालाई धपाएको ठाउँमा आईएसआईएसले कब्जा जमायो । यसरी कब्जा जमाउने क्रममा सिरियाको ठूलो शहर अलेप्पो आईएसआईएसको नियन्त्रणमा आयो । त्यस्तै, इराकी सेनाको नियन्त्रणमा रहेको इराकी शहर मसुललाई आईएसआईएसले नियन्त्रणमा लियो । मध्यपूर्वका यी दुई ठूला शहरलाई कब्जामा लिएपछि अलेप्पोलाई राजधानी बनाएर आईएसआईएसले  नयाँ खलिफा घोषणा ग¥यो ।
खलिफा लागू हुने ठाउँमा कुर्द, सियालगायत मुसलमानका अन्य समुदायका सदस्यलाई प्रताडित गर्ने काम आईएसआईएसले ग¥यो । साथै, यहुदी, क्रिस्चियन आदिलाई पनि उसले आक्रमणको तारो बनायो । आफ्नो प्रभावक्षेत्रमा भेटिने विदेशी नागरिकलाई समातेर टाउको काटी हत्या गर्ने र यसको भिडियो सार्वजनिक गर्ने काम आईएसआईएसले ग¥यो । साथै, उसले सिरिया, टर्की, इराक, फ्रान्स, अमेरिकालगायत ठाउँमा आतंकवादी हमला गराउने कामसमेत ग¥यो ।
आईएसआईएसका यस्ता आतंकवादी गतिविधिविरुद्ध इराक, सिरिया, टर्की, अमेरिका, युरोपियन युनियन, रुस लगायतले उसका विरुद्ध अलगअलग ढंगले कारबाही गरे । जसकारण यो वर्षको अन्त्यसम्म आइपुग्दा आईएसआईएसको शक्ति क्षीण हुँदै गयो । अलेप्पो र मसुल दुवै शहर आईएसआईएसको हातबाट फुत्किने अवस्थामा पुगिसकेका छन् ।

मध्यपूर्वको द्वन्द्वमा रुसी प्रवेश
यस वर्षको ठूलो घटनामध्येमा पर्छ, मध्यपूर्वमा जारी संकटमा रुसको प्रत्यक्ष संलग्नता । यसअघि मध्यपूर्वमा हुने गतिविधिप्रति रुसले धारणा बनाउने गरेको थियो । लिबियाली शासक मोहम्मर गद्दाफीविरुद्ध त्यहाँका विपक्षी समूह र पश्चिमी मुलुकले मोर्चाबन्दी कस्दा रुसले गद्दाफीको पक्ष लिएको थियो । तर, नेटोमा आबद्ध फ्रान्स र बेलायतका फौजले गद्दाफीको हत्या गरी सत्ता पल्टाउँदा प्रतिरक्षामा रुस आएको थिएन ।
तर, यही मोडल सिरियामा लागू गर्न खोज्दा यसलाई रुसले ठाडै अस्वीकार गरिदियो । आईएसआईएस, पश्चिमी मुलुक र अरब क्षेत्रका मुलुकले सिरियाविरुद्ध मोर्चाबन्दी कसेका कारण सिरियाली शासक बसर अल असद कमजोर हुँदै गएका बेला रुसले आफ्नो सेनालाई सिरिया पठाएर असदको अवस्थालाई सुदृढ गर्ने काम ग¥यो ।
सिरियाली राजधानी दमास्कस छेउसम्म आइपुगेका आईएसआईएसलाई तह लगाउने बहानामा रुसले सिरियाली द्वन्द्वमा हात हाल्यो । रुसी वायुसेनाले दमास्कस वरिपरि र सिरियाभित्रका रणनीतिक महŒवका ठाउँमा आईएसआईएसलगायत विद्रोही समूहविरुद्ध आक्रमण केन्द्रित गरेर सरकारी सेनालाई साथ दियो । आईएसआईएसलाई कमजोर पार्ने बहानामा सिरिया छिरेको रुसको मुख्य ध्येय असदलाई बलियो बनाउनु रहेको आरोप पश्चिमी मुलुकले लगाए । सिरियाली द्वन्द्वमा रुसको प्रवेश भएको भन्दै अमेरिका, युरोपेली मुलुक, साउदी अरब, टर्की लगायतले यसको विरोध गरे । पश्चिमी प्रोत्साहनमा टर्कीले सिरियामा कावा खाइरहेको रुसी सैन्य विमानलाई खसालिदिने कामसम्म ग¥यो । तर, पनि रुसले असदलाई साथ दिन छोडेन । रुसी साथ र सहयोगका कारण असदको अवस्था यस वर्ष पुनः बलियो बन्न पुग्यो । अलेप्पो शहरबाट आईएसआईएसलाई नामेट गर्ने कामलाई अहिले असदले तीव्रता दिएका छन् । र, यसमा उनले सफलता हात पार्दै गएका छन् ।

युरोपमा शरणार्थी समस्या
सिरियालाई आधार बनाएर मध्यपूर्वमा फैलिएको अस्थिरताको असरबाट युरोप यस वर्ष नराम्ररी प्रभावित हुन पुग्यो । सिरिया र इराकका कतिपय भूभागमाथि आईएसआईएसले कब्जा जमाएपछि त्यस क्षेत्रका मानिस शरणार्थी बनेर छिमेकी मुलुक टर्की छिरे । त्यहाँबाट नाउ, पानीजहाज आदि चढेर शरणार्थी जीवन बिताउन लाखौँ मानिस ग्रिस हुँदै युरोपका विभिन्न मुलुकमा पुगे ।
यसरी शरणार्थी बनेर युरोप पुग्नेमध्ये सबैभन्दा बढी सिरियाली नागरिक थिए । त्यसपछि अफगानी र इराकी नागरिक बढी संख्यामा शरणार्थी बनेर युरोप पुगेका थिए । गत जनवरी र फेब्रुअरीमा मात्रै १ लाख २४ हजार शरणार्थी भूमध्यसागर पार गरेर ग्रिस हुँदै युरोपभरि फैलिएका थिए । यसरी युरोप छिरेका दशौँ लाख शरणार्थी ग्रिस, हंगेरी, जर्मनी, स्कटल्यान्ड, फ्रान्सलगायत देशमा पुगे । जर्मनीले मात्रै १० लाखभन्दा बढी शरणार्थीलाई मुलुकमा रहन दियो ।
मुसलमानबहुल राष्ट्रबाट युरोप छिरेका शरणार्थीका कारण युरोप आतंकवादको चपेटामा उम्किन नसक्ने गरी फसेको भन्दै युरोपका मानिसले चिन्ता व्यक्त गरे । यसरी जथाभावी शरणार्थीलाई प्रवेश दिँदा युरोपेली राष्ट्रमा शान्ति–सुरक्षाको अवस्था क्षीण बनेको, लुटपाट, बलात्कार आदिका घटना वृद्धि भएको भन्दै यसविरुद्ध युरोपेली मुलुकमा आवाज सशक्त हुँदै थियो । जसले गर्दा अहिले युरोपभरि आप्रवासीविरोधी मानसिकता बिस्तारै बलियो हुँदैछ ।

फिडेल क्यास्ट्रोको निधन
सन् २०१६ को प्रमुख घटनामा पर्छ, क्युबाली नेता फिडेल क्यास्ट्रोको निधन । नोभेम्बरमा ९० वर्षको उमेरमा क्यास्ट्रोको निधन भयो । सन् १९५९ को जनवरी ८ मा तानाशाह फुल्जेन्सियो बाटिस्टाको सत्तालाई क्रान्तिको बलमा पाखा लगाउँदै क्यास्ट्रोले क्युबामा समाजवाद लागू गरे । अमेरिकाका प्रिय पात्र बाटिस्टालाई पाखा लगाएर कम्युनिस्ट दर्शनमा आधारित राज्यव्यवसथा लागू गरेपछि अमेरिका उनीमाथि खनियो । ५७ वर्षसम्म अमेरिकाले क्युबामाथि नाकाबन्दी लगायो । सयौँ पटक क्यास्ट्रोको हत्या गर्ने प्रयत्न ग¥यो । यी सबका बीच अमेरिकाको प्रतिरोध गर्दागर्दै अन्ततः क्यास्ट्रोको निधन भयो । उनको निधनमा अमेरिकी प्रभुत्वको विरोध गर्ने संसारभरिका साम्राज्यवादविरोधी र वामपन्थीले दुःख मनाए ।
शीतयुद्धलाई पश्चिमी गोलाद्र्धसम्म पु¥याउने, अमेरिकालाई झण्डै आधा शताब्दीसम्म लगातार अटेर गर्ने व्यक्ति थिए, क्यास्ट्रो । लामो समयसम्म क्युबाका सर्वोच्च नेता भएका क्यास्ट्रोले निधनअघि नै भाइ राउल क्यास्ट्रोमा शक्ति हस्तान्तरण गरिसकेका थिए । उनको निधनपछि क्युबाली सत्ता डगमगाउने अनुमान सर्वत्र गरिएको थियो । तर, क्यास्ट्रोले निधनअगावै उत्तराधिकारी तयार गरिसकेकाले यस्तो आशंका गलत साबित भयो ।
–एजेन्सी

 

Leave A Comment