अनुहारलाई चाउरीबाट जोगाउन सकिन्छ

बुधबार, १३ पुष २०७३, १० : २८ डा. धर्मेन्द्र कर्ण , Kathmandu
अनुहारलाई चाउरीबाट जोगाउन सकिन्छ

म ३७ वर्षीया शिक्षिका हुँ । मेरो अनुहारको छाला गोरो र अइली छ । केही समयदेखि अनुहारमा चाउरी पनि देखापर्न थालेको छ । यसले मलाई एकदमै चिन्तित बनाएको छ । मैले कसरी आफ्नो अनुहारलाई चाउरीबाट जोगाउन सक्छु ?
राधिका

बढ्दो उमेरसँगै अनुहार तथा शरीरका अन्य भागको छालामा चाउरी पर्नु स्वाभाविक हो । तर, यसले धेरैलाई चिन्तित बनाइरहेको हुन्छ । सुन्दर अनुहारको छाला चाउरिन थालेपछि सुन्दरता कम हुँदै जान्छ । यो उमेरजन्य समस्या हो । छालाभित्र रहने तŒव, जसलाई ‘कोलाजिन’ भनिन्छ, इलास्टिकजस्तो तन्किने खालको हुन्छ । यसले छालालाई टाइट देखाउँछ । तर, बढ्दो उमेरसँगै यो तŒव कम हुँदै जाने भएकाले छालामा चाउरी देखिन थाल्छन् । आँखाको कोस र निधारको छालामा चाउरी बढी पर्ने हुन्छ । जुन भागको छाला बढी खुम्चने वा तन्कने हुन्छ, त्यही भागको छालामा बढी चाउरी पर्छ ।
तपाईंले आफ्नो अनुहारको छाला चिल्लो छ भन्नुभएको छ । सुक्खा छालाको तुलनामा चिल्लो छालामा कम चाउरीपन देखिन्छ । आफ्नो अनुहारको छाला किन चाउरिँदै छ भन्ने पत्ता लगाउन तपाईंले एक पटक विशेषज्ञ चिकित्सकलाई जचाउँदा राम्रो हुन्छ । चिल्लो छाला भएकाले क्रिम र लोसनको बढी प्रयोग गर्नु हुन्न । अनुहारको छालालाई घामबाट जोगाउन जेलमा पाइने सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ । छाला चाउरी प¥यो भनेर चिन्ता गर्दा अझ बढी चाउरी पर्ने सम्भावना हुन्छ । त्यसैले चिन्ता नलिनुस् । छालाभित्र रहेको तन्किने तŒवलाई पुर्नजीवित गर्न सहयोग पु¥याउने क्रिम लगाउँदा चाउरी कम देखिन्छ । कस्तो क्रिम सुट गर्छ भन्ने कुरा छाला तथा सौन्दर्यविज्ञलाई देखाएर छनोट गर्दा राम्रो हुन्छ ।
चाउरी परेको छालाका लागि भिटामिन सी (एन्टी अक्सिडेन्ट) सिरम हरेक दिन अनुहारमा लगाउनाले पनि फाइदा गर्छ । चाउरीपन सबैमा देखिने समस्या भएकाले यसलाई सामान्य रूपमा लिएर स्याहार गर्दा नै राम्रो हुन्छ । अनुहारलाई घाम तथा धुलोबाट जोगाउने र खानपिनमा ध्यान दिने हो भने अनुहारको छाला चाँडै बिग्रिँदैन ।
चाउरीपन हटाउने अर्को विधि भनेको बोटक्सको इन्जेक्सन हो । चाउरी परेको भागको मसललाई निष्क्रिय पार्न यस्तो इन्जेक्सन दिइन्छ । यो इन्जेक्सन दिएपछि तीनदेखि चार महिना इन्जेक्सन लगाएको वरिपरिको मसल खुम्चिँदैन र छाला तन्किएको देखिन्छ । तर, यस प्रविधिमा खर्च बढी हुन्छ । त्यसैले बोटक्स इन्जेक्सनभन्दा अन्य विधि अपनाएर चाउरीपन कम गर्नु नै राम्रो उपाय हो ।

 

Leave A Comment