भरपूर आनन्दमा लिसा

बुधबार, १३ पुष २०७३, १० : २० शुक्रवार , Kathmandu
भरपूर आनन्दमा लिसा

मोडल तथा बलिउड अभिनेत्री लिसा हेडन जीवनदेखि खुशी छिन् । आफ्नो काममा समेत भरपूर रमाउने गरेको उनी उनी बताउँछिन् ।
‘फिल्म दुनियाँमा तपाईंले अनेक मानिसको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । साथै, फिल्मको सेटमा विभिन्न स्वभावका पात्रसँग काम गर्नुपर्ने हुन्छ । एउटै जीवनमा यतिका धेरै जीवन बाँच्न पाइने यो पेशामा लाग्न पाएकोमा म मख्ख र सन्तुष्ट दुवै छु,’ उनले भनिन् ।
अभिनयमा पाइने यस्तो स्वाद मोडलिङमा नपाइने उनी बताउँछिन् । ‘अभिनयमा विभिन्न खालका पात्रको बीचमा रहेर आफूलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । यसको मज्जा बेग्लै हुन्छ । ¥याम्पमा हिँड्दा यस्तो स्वाद पाउन सकिँदैन,’ उनले भनिन् ।

 

Leave A Comment