सलमानबारे कट्रिना

बुधबार, १३ पुष २०७३, १० : ०३ शुक्रवार , Kathmandu
सलमानबारे कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ गत वर्ष अभिनेता रणवीर कपुरबाट अलग भएकी थिइन् । बिहेको सँघारमै पुगेर उनी रणवीरबाट टाढिएकी थिइन् । त्यसअघि उनी सलमान खानसँग प्रेम सम्बन्धमा थिइन् ।
त्यतिबेलाका आफ्ना प्रेमी सलमानबारे कट्रिनाले अहिले टिप्पणी गरेकी छिन् । गत साता एउटा कार्यक्रममा उनलाई सलमानबारे सोधिएको थियो । सलमान कस्तो मानिस हुन् भन्ने लाग्छ भनी उनलाई सोधिएको थियो । जवाफमा उनले भनिन्, ‘ट्रिकी खालको ।’ ट्रिकी खालको भनेर कट्रिनाले सलमानलाई धूर्त मानिस भन्न खोजेकी हुन् भनी सामाजिक सञ्जालमा सलमानका फ्यानले आवाज उठाइरहेका छन् । तर, यसलाई कट्रिनाले वास्ता गरेकी छैनन् ।

 

Leave A Comment