फेसबुकमा ग्रुप अडियो कल

सोमबार, ११ पुष २०७३, ०१ : १६ शुक्रवार , Kathmandu
फेसबुकमा ग्रुप अडियो कल

फेसबुकले आफ्ना प्रयोगकर्तालाई त्यस्ता सबै सेवा सुविधा प्रदान गर्न चाहन्छ जो अन्य एपमा उपलब्ध छन् । फेसबुकले निकट भविष्यमै ग्रुप अडियो कलको सेवा ल्याउने तयारी गरिरहेको छ ।

यसका लागि फेसबुकले केही डेस्कटप प्रयोगकर्ताका लागि अहिले नै परीक्षणका रूपमा ग्रुप अडियो कल गर्ने विकल्प उपलब्ध गराएको छ । फेसबुकको यो फिचरमा वेबमा फेसबुक लगइन गरी ग्रुप च्याट विन्डो खोेल्दा तपाईंले ग्रुप अडियो कल गर्ने अप्सन देख्नुहुनेछ । फेसबुकले हालै मोबाइल मेसेन्जर एपमा ग्रुप भ्वाइस कल फिचर लन्च गरेको थियो । फेसबुकको यो फिचर पारम्परिक रूपमा गरिने कन्फरेन्स कलको विकल्पका रूपमा आउन सक्छ । अहिले परीक्षणका रूपमा सुरु गरेको ग्रुप अडियो कल फिचरलाई फेसबुकले कहिलेदेखि आम प्रयोगकर्तासम्म पु¥याउने हो भन्ने चाहिँ खुलेको छैन ।

Leave A Comment