खानपानमा अनुशासित किम

सोमबार, ११ पुष २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
खानपानमा अनुशासित किम

अमेरिकी मोडल तथा रियालिटी टीभी स्टार किम कार्दासियन दुई  सन्तानकी आमा भइसकेकी छिन् । उनको ज्यान अझै पनि भरभराउँदो देखिन्छ । खानपानमा अपनाएको अनुशासनका कारण यो सब सम्भव भएको हो भन्ने उनको भनाइ छ ।
‘म जथाभावी र जे पायो त्यही खाँदिनँ । कार्बोहाइड्रेट र सुगरयुक्त खाना सकेसम्म कम खान खोज्छु । मासु र दुग्ध परिकारलाई मैले प्रमुख भोजन बनाएको छु,’ उनले भनिन् । यस्ता खानामा प्रोटिनको मात्रा बढी हुने र कार्बोहाइड्रेट तथा सुगर कम पाइने भएकाले यसले आफूलाई फिट र स्वस्थ राखेको उनी बताउँछिन् ।

Leave A Comment