आयुर्वेदले एकसाथ खान वर्जित गरेका खानेकुरा

सोमबार, ११ पुष २०७३, ०१ : ०४ शुक्रवार , Kathmandu
आयुर्वेदले एकसाथ खान वर्जित गरेका खानेकुरा

दूध
दूधसँग केरा, चेरी, खरबुजा, अमिलो फलफूल, माछा, खिचडी, मासु र दही खानु हुँदैन ।
मह
महसँग घिउ खानु हुँदैन । एक चम्चा मह र तीन चम्चा घिउको वजन बराबर हुन्छ । मह पकाएर अथवा उमाले पनि खानु हुँदैन ।
दही
दहीसँग फलफूल, चिज, अण्डा, माछा, मासु, तातो पेय पदार्थ, दूध खानु हुँदैन ।
फलफूल
फलफूलसँग अरू केही खानु हुँदैन । फलफूल खाएलगत्तै पानी, दूध पनि खानु हुँदैन ।
अन्न
चामल, रोटी, मकै अन्नसँग फलफूल खानु हुँदैन ।
तातो पेय
तातो पेय पदार्थसँग आँप, चिज, माछा, मासु, दही खानु हुँदैन ।
मुला
मुलासँग केरा, किसमिस, दूध खानु हुँदैन ।
राजमा
राजमासँग फलफूल, चिज, अण्डा, माछा, दूध, दही खानु हुँदैन ।
अण्डा
अण्डासँग फलफूल र त्यसमा पनि खास गरी खरबुजा खानु हुँदैन । साथै, राजमा, चिज, माछा, खिचडी, दूध, मासु, दही पनि खानु हुँदैन ।
कागती
कागतीसँग दूध, गोलभेँडा र दही खानु हुँदैन ।

 

Leave A Comment