सस्तो दरमा अनलिमिटेड इन्टरनेट

सोमबार, ११ पुष २०७३, ११ : १६ शुक्रवार , Kathmandu
सस्तो दरमा अनलिमिटेड इन्टरनेट

वल्र्डलिंक कम्युनिकेसन्सले २ एमबीपीएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११ सय ५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो । ग्राहकले यस्तो प्लान एक वर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ ।  
कम्पनीका अनुसार वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आईपी) टीभी सेवामा समेत अफर ल्याएको छ । इन्टरनेटको माध्यमबाट सबै प्रकारको टीभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले एक महिनाको आईपीटीभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरूलाई थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ । यसरी ग्राहकले एक महिनाको सेवा शुल्क तिरेर तीन महिना टीभी हेर्न पाउनेछन् । यस सेवामा ग्राहकले एक महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

आईपीटीभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नुपर्नेछ । आईपीटीभी नेपालमा पछिल्लो पटक भित्रिएको टीभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टीभी हेर्न पाउनेछन् । यस्तो प्रविधिबाट प्रसारण हुने टीभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्ने र प्रसारण गुणस्तरीय हुने कम्पनीले जनाएको छ ।
वल्र्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको र देशभर कम्पनीका  ६० हजारभन्दा बढी ग्राहक रहेको जनाएको छ । 

Leave A Comment