सम्बन्ध टुटेपछि

सोमबार, ११ पुष २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
सम्बन्ध टुटेपछि

केही महिनाअघि अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको प्रख्यात जोडी छुट्टिएको थियो । जोलीले अदालतमा सम्बन्ध विच्छेद  गरिपाऊँ भन्दै निवेदन दर्ता गराएपछि उनीहरूको सम्बन्ध अन्त्य भएको थियो ।
सम्बन्ध विच्छेदपछि जोलीले चटक्कै छोडिसकेको चुरोट खाने बानी पुनः सुरु गरेकी थिइन् । बढी चुरोट खाएर उनी खोक्न थालेको समाचारसमेत सार्वजनिक भएको थियो ।  
यता ब्राड पिटको अवस्था अझ खराब भएको छ । जोलीसँग अलग हुनुपरेपछिका चिन्ता र तनावले गर्दा अहिले उनी डिप्रेसनले ग्रस्त भएका छन् । ब्राडको यस्तो अवस्थाबारे थाहा पाएर पनि जोलीले वास्तै नगरेको विभिन्न अनलाइनमा जनाइएको छ ।

Leave A Comment