विदेशमा काम जिटिल

आइतबार, १० पुष २०७३, ०१ : ३७ शुक्रवार , Kathmandu
विदेशमा काम जिटिल

मेरो नाम धनमाया सुनार हो । घर बर्दियाको सानोश्रीमा पर्छ । अहिले म कुवेतमा काम गर्छु । हाउसमेडको काम भएकाले राम्रै छ । मैले काम गर्ने परिवारमा सदस्य संख्या त्यति ठूलो नभएकाले काम ठीकै छ । धेरै सदस्य हुने घरमा काम गर्नेलाई भने गाह्रै छ । दोस्रो पटक हाउसमेडमा आएकी हुँ । पहिलेकै घरमा काम गर्छु । मेरा चार छोराछोरी छन् । श्रीमान् बितेपछि छोराछोरीको पालनपोषणको जिम्मेवारी मेरा काँधमा आयो । म विदेश नआउने हो भने छोराछोरीको पढाइ हुन सक्दैन । आफूले खासै पढ्न नपाए पनि छोराछोरीलाई त्यस्तो नहोस् भनेर मैले विदेशको बाटो रोजेकी हुँ । विदेशको बारेमा नेपालमा जसरी सोचिन्छ, यथार्थ भने त्यस्तो छैन । विदेश भनेको पैसा टिप्ने रूख होइन । यसको मतलब विदेशबाट कमाउन सकिँदैन भन्ने पनि होइन । विदेश आउनुअघि कुन काम र कति पारिश्रमिक पाउने हो त्यसबारे प्रष्ट हुनुपर्छ । नबुझेर विदेश आउँदा दुःख पाउने दिदीबहिनी, दाजुभाइ धेरै छन् । विदेश आउनुप¥यो भने आफूले गर्ने काममा पहिला दक्ष हुन आवश्यक छ ।

वैदेशिक रोजगारीमा रहेका तपाईंहरू पनि विदेशको अवस्था नेपालमा बस्ने आफन्त, घरपरिवारसँग साट्न चाहनुहुन्छ या कुनै सन्देश भन्न चाहनुहुन्छ भने एक प्रति फोटोसहित हामीलाई यहाँ दिइएको ठेगानामा इमेल लेख्नुहोस् ।
rudrakhadka1@gmail.com

 

Leave A Comment