ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट

आइतबार, १० पुष २०७३, ०१ : ३२ शुक्रवार , Kathmandu
ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट

ट्वीटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर सुरु गरेको छ । लाइभ ब्रोडकास्टिङ फिचरले फेसबुकको लाइभ फिचरजस्तै गरी काम गर्छ । ट्वीटर प्रयोगकर्ताले लाइभ भिडियोमा रहेको व्यक्तिसँग लाइक, कमेन्ट, सेयर र रिट्वीट गरेर प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्न सक्छन् ।
लाइभ ब्रोडकास्ट गर्नका लागि ट्वीट कम्पोज गरी लाइभ अप्सनमा ट्याप गर्नुपर्छ । त्यसले तपाईंलाई प्रिब्रोडकास्ट देखाउँछ जहाँ आफूलाई चाहिने कन्फिगरेसन मिलाउन सक्नुहुन्छ ।
सबै मिलाइसकेपछि लाइभ बटनमा ट्याप गरेर लाइभ ब्रोडकास्ट सुरु गर्न सकिन्छ । ट्वीटर प्रयोगकर्तासँगै ट्वीटरको भिडियो स्ट्रिमिङ सेवा पेरिस्कोपका प्रयोगकर्ताले पनि लाइभ भिडियो देख्न तथा त्यसमा अन्तरक्रिया गर्न पाउनेछन् ।
पेरिस्कोपका सीईओ केभोन बेकपोरले ट्वीटरको नयाँ फिचरबारे टिप्पणी गरेका छन्, ‘हामीले प्रयोगकर्तालाई आफ्ना दर्शक र स्रोतासँग लाइभ भिडियो सेयर गर्ने शक्ति प्रदान गर्नका लागि पेरिस्कोप सुरु ग¥यौँ ।’

 

Leave A Comment